झापाको सुरुङगामा यात्रुवहाक वस पल्टिदा एकको मृत्यु, १८ घाइते


मेचीनगर । झापाको सुरुङगामा यात्रुवहाक वस पल्टिदा एकजनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको मे ११ प ८९७७ नम्बरको स्कुटरलाइ सोही दिशाबाट गइरहेको को १ ख ७२०४ नम्बरको सिमोन ट्राभलले पछाडिबाट ठक्कर दिदा अनियन्त्रीत भइ सडकको उत्तर तर्फ पैनीमा बस पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार विहानकरिब साढे ९ बजे कन्काइ नगरपालिका १ जामुनबारी चोक नजिकै सो दुर्घटना भएको जिल्लाका एसपी दिनेशराज मैनालीले बताएकाछन् ।

दुर्घटनामा स्कुटरमा पछाडि सवार भद्रपुर ९ की २८ वर्षिया सुजन पोखरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यघाईतेको विर्तामोडमा उपचार भइरहेको छ भने चालकलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 घाइते

ईलाम महमाई नगरपालिका ७ का ४६ वषिय रेनुका राई , इलाम दानावारी बस्ने बर्ष ७ को प्रतिक गिरी , ईलाम माईनगरपालिका १ दानावारी बस्ने बर्ष २४ कि प्रेम कुमारी प्रधान ,सोही नगरपालिका १ बस्ने बर्ष ६ को जोन प्रधान,झापा अर्जुनधारा नगरपालिका ४ बस्ने बर्ष ५५ की यम कुमारी कोईराला , सोही नगरपालिका २ बस्ने बर्ष २८को बिनोद भण्डारी, सिरहा गोलबजार नगरपालिका १ बर्ष ४० की जानुका मगर, ईलाम माइनगरपालिका २ बस्ने बर्ष ३५ कि माया गिरी, इलाम माईनगरपालिका ७ बस्ने बर्ष १६ कि मनिसा श्रेष्ठ ,झापा अर्जुनधारा नगरपालिका ९ बस्ने बर्ष ६३ कि चन्द्रकला मिश्र ,ईलाम माई नगरपालिका ४ बस्ने बर्ष २६ कि अनिता परियार, झापा अर्जुनधारा नगरपालिका ७ बस्ने बर्ष १० को ग्रिस सुवेदी,झापा अर्जुनधारा नगरपालिका ७ बस्ने बर्ष ४५ को बासुदेब सुवेदी, ईलाम माइनगरपालिका बर्ष २८ को बिशाल मगर ,झापा बुद्दशान्ति गापा २ बस्ने बर्ष ५० को केदार अधीकारी,ईलाम माइनगरपालिका १ बस्ने बर्ष २ कि जोसना प्रधान र स्कुटि पछाडि सवार मृतकको श्रीमान अर्जुनधरा नगरपालिका १ बस्ने बर्ष २८ को बिनोद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयझापाले जनाएको छ ।