काठमाडौं – डिसेम्बर १ देखी १० सम्म नेपालमा हुने १३औं दक्षिण एसयाली खेलकुद प्रतियोगिता (साग) को लागि नेपाली राष्ट्रिय पुरुष टोलीले बन्द्र प्रशिक्षण आगमी आइतबार देखी थाल्ने भएको छ । जसको लागि बन्द प्रशिक्षणमा ३५ खेलाडी बोलाईएको छ ।
यसपटक बन्द प्रशिक्षणमा अधिकांश युवा खेलाडी छन् । चोटका कारण हिटर सिद्धान्त लोहनी र अलराउन्डर सागर पुन भने टोलीमा अटाउन सकेनन् । यू१९ मा उत्कृष्ट प्रर्दशन गर्दै आएका ओपनर रित गौतम,अलराउन्डर कुशल मल्ल र स्पिनर सागर ढकाल पहिलो पटक बन्द प्रशिक्षणमा अटाए । त्यस्तै पछिल्लो समय राम्रो लयमा रहेका देब्रे हाते ब्याट्सम्यान इशान पाण्डेलाई पनि बन्द प्रशिक्षणमा बोलाईएको छ ।
पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका यी ४ युवा खेलाडीले पछिल्लो समय उमेर समुह र घरेलु क्रिकेटमा यस्तो प्रर्दशन गरेका छन् ।
सागर ढकाल (स्पिनर)
स्पिनर सागर ढकालले पछिल्लो समय उमेर समुह र घरेलु प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सागरले गत जुलाईमा मलेसियामा सम्पन्न यू१९ एसिया इस्टर्न रिजन छनोटको प्रतियोगितामा नेपाललाई च्याम्पियन बनाउन ४ खेलमा १५ विकेट लिदै ‘म्यान अफ द सिरिज’ चुनिएका थिए । उक्त प्रतियोगितामा उनको इकोनमि रेट १.९ थियो । उनले चीनविरुद्ध ६, हङकङविरुद्ध फाइनलमा ५ र मलेसियासँग ३ विकेट लिएका थिए ।
जुन प्रर्दशनले उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्म पुग्न सहज बनायो । त्यस्तै तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई जिताउन ६ खेलमा ८ विकेट लिएका थिए । गत फागुनमा सम्पन्न धनगढी प्रिमियर लिग (डीपीएल) मा महेन्द्रनगर युनाइटेडलाई उप विजेता बनाउन ८ खेलमा ११ विकेट लिएका थिए ।
इशान पाण्डे (शीर्षक्रमका ब्याट्सम्यान)
देब्रे हाते शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे नेपाली क्रिकेटमा नयाँ अनुहार होइनन् । सन् २०१६ मा बंगादेशमा सम्पन्न यू१९ विश्वकपमा नेपाली टोलीमा परेपनि उनले खेल्ने मौका पाएनन् । विश्वकपपछि कमजोर प्रर्दशन गर्दै आएका उनले यस वर्ष प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियागितामा प्रदेश ३ बाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रर्दशन सहित पुनरागमन गरे ।
पीएम कपमा सर्वाधिक रन बनाउने शीर्ष ब्याट्सम्यान भित्र प्रदेशबाट अट्ने एक्लो ब्याट्सम्यान बनेका उनले ५ खेलमा २ अर्ध शतक सहित कुल १ सय ८० रन बनाएका थिए । सेमिफाइनलमा आर्मीविरुद्ध ७९ रनको उत्कृष्ट इनिङ खेल्दै सिनियर टोली छनोट कर्ता सहित सम्पूर्ण समर्थकको मन जित्न सफल भएका थिए । उनको उक्त प्रर्दशनबाट प्रभावित हुँदै नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक ट्वीट समेत गरेका थिए ।
उक्त खेलमा १ सय १७ बलमा ४ छक्का र ३ चौका सामेल थियो । त्यसअघि समुह चरणको खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध ५३ रनको इनिङ खेलेका थिए । वान डे शैलीमा खेल्न रमाउने पाण्डे टोलीको आवश्यकता अनुसार आक्रमक र डबल सिंगल दुबै रन जोड्न सिपालु मानिन्छिन् । दबाबमा पनि रन जोड्न सक्ने क्षमता राख्छन् ।
रित गौतम (ओपनर ब्याट्सम्यान)
उमेर समुहमा २ शतक प्रहार गर्ने एक्लो नेपाली ब्याट्सम्यानको कीर्तिमान बनाउन सफल ओपनर रित गौतम यू१६ देखी नेपाली टोलीको नेतृत्व गर्दै हुर्केका खेलाडी हुन् । रितले उमेर समुहमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । गत अप्रिलमा मलेसियामा भएको यू१९ विश्वकप छनोट एसियामा ५ खेलमा १ सय ५६ रन जोडेका थिए ।
आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका रितले गत जुलाईमा सिंगापुरविरुद्ध १ सय ३७ बलमा १० चौका र १ छक्का सहित १ सय १५ रनमा अविजित रहँदै उत्कृष्ट इनिङ खेलेपछि छनोटकर्ताको नजर उनिमाथि परेको थियो । उक्त प्रतियोगितामा शतक प्रहार गर्ने रित एक्लो ब्याट्सम्यान समेत बने । उनले ४ खेलमा १ सय ४१ बटुलेका थिए ।
कुशल मल्ल (अलराउन्डर)
देब्रेहाते ब्याट्सम्यान तथा स्पिनर कुशल मल्ल नेपाली क्रिकेटमा ठूलो संभावना बोकेका युवा अलराउन्डर हुन् । कुशल विश्फोटक ब्याटिङ गर्न रुचाउछन् । यू१६ हुँदै यू१९ मा स्थान बनाएका कुशलले घरेलु फेन्चाइज लिगमा पनि उतिकै प्रभाव छोडेका छन् । यू१९ इस्टर्न रिजन छनोटमा उनले सिंगापुरविरुद्ध २३ बलमा ५ छक्का र ४ चौका सहित ५१ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
जुन प्रर्दशनले उनलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्म पुग्न निकै सहज बनायो । त्यसै प्रतियोगितामा ३ खेलमा ७ विकेट लिएका थिए । त्यस्तै अप्रिलमा आईसीसी यू१९ एसिया विश्वकप छनोटमा ५ खेलमा ८ विकेट लिएका थिए । गत पुसमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा पनि भैरहवा ग्याडियर्टसबाट राम्रो प्रर्दशन गरेका थिए । आर्मीबाट घरेलु प्रतियोगिता खेल्दै आएका कुशलले निरन्तर उत्कृष्ट अलरान्डर प्रर्दशन गर्दै आएका छन् ।
बन्द प्रशिक्षणमा बोलाईएका ३५ खेलाडी :
१.पारस खड्का
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवकर
४.वसन्त रेग्मी
५.राजु रिजाल
६.जितेन्द्र मुखिया
७.प्रदिप ऐरी
८.सुनिल धमला
९.सौरभ खनाल
१०.ललित सिंह भण्डारी
११.बिक्रम सोब
१२.इशान पाण्डे
१३.करण केसी
१४.मोहम्मद आरिफ शेख
१५.विनोद भण्डारी
१६.सन्दीप जोरा
१७.कुशल मल्ल
१८.रित गौतम
१९.पवन सरार्फ
२०.अमित श्रेष्ठ
२१.किशोर महतो
२२.मोहम्मद आशिफ शेख
२३.सुसन भारी
२४.अनिल कुमार शाह
२५.अभिनास बोहोरा
२६.सन्दीप लामिछाने
२७.ललित नारायण राजवंशी
२८.नन्दन यादव
२९.रोहित कुमार पौडेल
३०.भिम सार्की
३१.कुशल भुर्तेल
३२.दिपेन्द्रसिंह ऐरी
३३.सोमपाल कामी
३४.सागर ढकाल
३५.साहव आलम
हाम्रो खेलकुदबाट