कृषि र किसान

एक घर, एक उत्पादन कार्यक्रम

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ।

वडाले एक घर, एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो। वडाको एक घर, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीयवासीलाई स्वरोजगारतर्फ उन्मुख बनाउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ।

मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीका घार उपलब्ध गराउन लागिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए।

एक मौरी घार बराबर दुई चिउरीका बिरुवा रोप्नुपर्छु, उनले भने, ुएक वटा मौरीको घार बराबर मौरीपालनको लागि वडा कार्यालयले आवश्यक पर्ने सामग्री निःशुल्क उपलब्ध गराउने छ।ु

एक घर, एक टनेल खेतीतर्फ ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल उपलब्ध गराइने छ। एक प्लाष्टिक टनेल बराबर आवश्यक मल्चिङ प्लाष्टिक र असिना प्रतिरोधात्मक नेट जाली निःशुल्करुपमा वडाले प्रदान गर्ने वडाध्यक्ष गुरुङले बताए।

वडा कार्यालयले पाँच माउ बाख्रा पाल्ने कृषकलाई रु ३० हजार, १० माउ बाख्रा पाल्ने कृषकलाई रु ५० हजार र १५ माउ बाख्रा पाल्ने कृषकलाई रु एक लाख अनुदान वितरण गर्ने भएको छ।

बाख्रापालन किसानका हकमा वडा कार्यालयमा सूचीकृत भएका, व्यावसायिक बाख्रापालनसम्बन्धी तालिम लिई ज्ञान आर्जन गरेको, मापदण्डअनुरुप सुधारिएको खोर निर्माण गरेको र आवश्यक मात्रामा घाँसखेती गरेको हुनुपर्ने प्रावधान छ।

उक्त सर्त पूरा गरेका बाख्रापालक कृषकलाई माउ बाख्राको सङ्ख्याअनुसार अनुदानको व्यवस्था, बाख्रा बीमाको व्यवस्था, उत्पादित बस्तुको बजारीकरण, लगानी आवश्यक परेमा ऋणको व्यवस्था, नियमित तालिम तथा अवलोकन भ्रमणको व्यवस्था गरिएको छ।

त्यसैगरी, व्यावसायिक कागती खेती गर्ने कृषकले तीन वर्षसम्म प्रतिबिरुवा रु १०० अनुदान प्राप्त गर्न सक्ने छन्। वडाध्यक्ष गुरुङका अनुसार त्यसका लागि कम्तीमा २५ बिरुवा लगाएको हुनुपर्नेछ।कृषि पत्रिकाबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button