खबर

विश्वविद्यालयमा हुने दलिय भागबण्डा विरुद्धमा नेबिसंघको खबरदारी

काठमाडौं ।

दलिय भागबण्डाले विश्वविद्यालय को शैक्षिक वातावरण धमलियको र व्यापारिक अखडा भएको भन्दै नेबिसंघले खबरदारी र्याली निकालेको छ।

हजारौंको संख्यामा नेबिसंघले माईतिमाईतिघर मण्दलाबाट बानेश्वर सम्म र्याली निकालेको हो। कार्यक्रमको संयोजन गरेका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले सभालाई सम्बोधन गर्दै, नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलिय भागबन्डा नरोकिए नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिय।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता कुन्दन राज काफ्लेले नैबिसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै, भागबण्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए, एक फरक प्रसङ्गमा काफ्लेले पार्टी भित्र पनि नैतिकता र विधानको पालना नभए बिद्रोह गर्ने चेतावनी दिय।

कार्यक्रमलाई नेबिसंघ निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, युवराज पाण्डे ले सम्भोधन गरेको जानकारी दिदै नेबिसंघ नेता मानिष सिम्खडाले माग कार्यान्वयन नभएसम्म कार्यक्रम चरण्वद्द रुपमा अगाडि बढ्ने जानकारी दिए।

कार्यक्रममा नेबिसंघ नेता गोपि सिवाकोटी, बिपिन अधिकारी, निमा गिरि, सुदिप शर्मा, हरि आचार्य , लगाएतको उपस्थिति थियो।

न्युज अफ नेपाल,

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button