नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा, सेवा अनिश्चित कालका लागि बन्द


काठमाडौं ।

नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छन्।

प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।

शनिबार साँझ प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ।

बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए।

एटीएम सर्भर एक्कासी डाउन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।नेपाल समाचारपत्र,