खबर

भारतले गर्यो नागरिकतामा कडाई; जनतामा आक्रोस

काठमाडौं  – भारतको उत्तरपुर्व राज्य आसामका १९ लाख मानिस राज्य बिहीनताको अवस्थामा पुगेका छन् ।

राष्ट्रिय नागरिक रजिस्ट्रार (एनआरसी)ले शनिबार जारी गरेको अन्तिम सूचीमा १९ लाख मानिसको नाम समावेश नभएपछि उनीहरु राज्यविहीनताको अवस्थामा पुगेका हुन् । आसाम राज्यमा राष्ट्रिय नागरिकता दर्ता (एनआरसी, रानाद)को अन्तिम सूचीमा झन्डै डेढ लाख नेपालीभाषीको समेत नाम छुटेको छ ।

सूचीमा भारत सरकारले रानाद सूचीमा नाम भएका ब्यक्ति भारतीय मानिनेछन् भने यसमा नाम नभएका विदेशी मानिनेछन् भनेको छ । उक्त सूचीमा २४ मार्च १९७१ भन्दा अगाडि नै आसाममा आइसकेका प्रमाणित मानिसहरूको मात्र नाम छ ।

पाकिस्तानबाट विभाजित भएर बंगलादेश स्थापना हुनुभन्दा अघिल्लो दिन अर्थात् २४ मार्च १९७१ देखि आसाममा बसोवास गरेका व्यक्तिलाई भारतीय नागरिक मान्दै आएको छ ।

भारत सरकारले गैरकानुनी ढंगले आसाम पुगेको आरोपमा हजारौँ मानिसलाई राज्यका विभिन्न स्थानमा बनाइएका अस्थायी शिविरमा समेत थुनेको छ ।

आसामका मानिसहरुले आफ्नो नाम छुटाएको विरोधमा असम राज्यमा विरोध हुन थालेको छ । राज्यका विभिन्न ठाउँमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।chakrapathonline/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button