काठमाण्डौँ । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरे लगत्तै अर्का संलग्न ब्यक्ति पनि पक्राउ परेका छन् ।
प्रहरी सीसी टीभी फुटेजमा कैद भएको दृश्यको माध्यमबाट समूहका अर्का एक सदस्यलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक सु लुसली रहेका छन् ।
उनलाई विशेष निगरानीका आधारका आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुले पुष्टि गरेको छ ।
चोरीमा संलग्न एक जनालाई फेरि पक्राउ गरिएको र अदालतबाट म्याद थप गरेपछि बयान लिने काम सुरु हुने प्रहरीले जनाएको छ ।
शनिबार राति चलाइएको अपरेशनमा पक्राउ परेकाविरुद्ध भने बैंकिङ कसूर सम्बन्धी मुद्दामा उच्च अदालत, पाटनबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।नेपाल समाचारपत्रबाट ।