चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने


काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने भएका छन् ।

राष्ट्रपति सी आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् ।

राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने चिनियाँ राजदूतावास श्रोतले जनाएको छ ।

चिनियाँ राष्ट्रपति पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् ।
राष्ट्रपतिको सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री यीले नेपाल भ्रमण गर्ने बताइएको छ ।न्युज अफ नेपाल,