सांकेतीक तस्वीर
काँकरभिट्टा । भारतीय सीम सुरक्षाबल पानीटेंकी चेक पोष्टले अवैध रकम सहित पाँच जनालाई सोमवार पक्राउ गरेको छ । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार मुद्रा ओसार पोसार सम्बन्धि भारतीय कानूनले तोके भन्दा बढीको रकम ओसारपोसार गरेकोले रकम पक्राउ परेकाहरुबाट रकम बरामद गरिएको बताईएको छ ।
सोमवार पक्राउ पर्नेहरुमा लोभसाङ लामा, तुर्सी दिन ,अमर विश्वकर्मा , मोहम्मद समसुल र मोहम्मद कुद्दीर रहेकाछन् । उनीहरुबाट क्रमश लामाबाट १० लाख ६० हजार, तुर्सीबाट २लाख ६० हजार ,विश्वकर्माबाट १लाख ५ हजार , समसुलबाट ५३ हजार पाँच सय र कुद्दीरबाट ६० हजार रुपैयाँ गरि जम्मा १४ लाख ९४ हजार पाँच सय रुपैयाँ बरामद गरेको जानकारी प्राप्त भएको छ ।
मुद्रा ओसारपोसार सम्बन्धि भारतीय कानूलले निर्धारण गरेको परिमाण भन्दा धेरै रकम बोकेर सीमा क्षेत्र पार गर्न लागेको अवस्थामा चेकजाँचको क्रममा उनीहरुबाट उक्त रकम बरामद गरिएको बताईएको छ । प्रकाउ परेका पाँचै जनालाई नियमअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाईसकिएको बुझिएको छ ।