मूल खबर

धुलाबारीमा भएको बलात्कार प्रकरणका विषयमा प्रवक्ता शर्माले गरे आफ्नो धारणा सार्वजनिक

फाइल तस्विर

मेचीनगर ।
नेपाली काँग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले झापाको मेचीनगर ९ मा भएको बलात्कार घटनाका सम्बन्धमा लामो समय पश्चात सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेकाछन् ।
प्रबक्ता शर्माले हिजो राती १० बजेर ४३ मिनेटमा आफ्नो फेसबुक मार्फत उक्त घटनाका बारेमा आफुले गरेको प्रयास र आफ्नो धारणा सार्बजनिक गरेका थिए ।

उनले आफ्नो फेसबुक टाइमलाइनमा भनेकाछन् ,“मेचीनगर ९ कि बालिकाको प्रकरण जब अघि आयो, तत्काल स्थानीय प्रहरी कार्यालयका प्रमुख टीका कार्किलाई टेलिफोन गरेर भनें, सत्य जे हो तथ्य सहित बाहिर आओस् , निर्दोष कोहि नफंसोस, दोषी जो हो नउम्कियोस ।”
प्रवक्ता शर्माले घटनाका बारेमा आफुले प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग पनि कुरा गरेको उल्लेख गरेकाछन् ।

लामोसमय सम्म पनि घटनाका बारेमा प्रहरीले कुनै परिणाम निकाल्न नसकेको समेत प्रबक्ता शर्माले उल्लेख गरेकाछन् ।
उनले हत्या,हिंसा र बलात्कारका बिरुद्धमा आफु संधैं बोलिरहेको उल्लेख गर्दै उक्त घट्नाका बारेमा समाजिक सञ्जालमा लेखेर भन्दा पनि ठिक ठाउँमा ठिक कुरा गरेर परिणाम हासिल गर्ने प्रयास गरेको भए पनि आफुले गरेको प्रयासका बारेमा स्थानीयले जानकारी नपाएको हुन सक्ने समेत उनले उल्लेख गरेकाछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button