खेलकुद

यू१९ एसिया कप : श्रीलंकासँग खेल्दै नेपाल

काठमाडौं  – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले आफ्नो पहिलो खेल अन्तर्गत आयोजक श्रीलंकासँग खेल्दै छ । खेल बिहान १०ः१५ पछि कोलोम्बोमा सुरु हुने छ ।

आयोजक श्रीलंका नेपाललाई हराउँदै सुखद सुरुवात गर्ने सोचमा छ । यता टेष्ट राष्ट्र श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनको यात्रा बलियो बनाउन चाहान्छ । पछिल्ला पाँच खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलंकामानै यू१९ एसिया कपमा नेपालले कडा टक्कर दिएपनि एक रनले पराजित हुन पुगेको थियो । त्यस्तै उत्कृष्ट प्रर्दशनको अपेक्षा नेपाली युवा टोलीबाट गरिएको छ ।

एसिया कप अघि तयारी स्वरुप नेपालले श्रीलंकाका तीन स्थानीय टोलीसँग अभ्यास खेल खेलेको थियो । जसमा २ मा हार र १ मा जितको नतिजा निकालेको थियो । श्रीलंकाले पाकिस्तानसँग ५ अभ्यास खेल ३-२ ले हारेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेल,स्पिनर सागर ढकाल र अलराउन्डर पवन सरार्फ प्रमुख हतियार हुन् । त्यस्तै शीर्ष खेलाडी भिम सार्की,कमल सिंह ऐरी,आशिफ शेख र हरि बहादुर चौहानको प्रर्दशन पनि नेपाललाई महत्वपूर्ण हुने छ ।

विश्वकपको अनुभव रहेको अलराउन्डर निपुन धनञ्जय श्रीलंकाका कप्तान हुन् । निपुनकै कप्तानीमा गत वर्ष श्रीलंका एसिया कपको फाइनलमा पुगेको थियो । त्यस्तै प्रथम श्रेणी खेली सकेका कामिल मिश्रा र रोहन सञ्जय पनि नेपाललाई घातक बन्न सक्छन् ।

आजको अर्को खेलमा बंगलादेशले यूएईसँग खेल्ने छ । बिहीबार पहिलो दिन समुह ए को खेलमा भारतले कुवेतलाई ७ विकेटले हराउँदा पाकिस्तान अफगानिस्तानसँग ८५ रनले स्तब्ध हुन पुग्यो । समुह ए मा भारत,अफगानिस्तान,पाकिस्तान र कुवेत छन् । समुह बी मा नेपाल,बंगलादेश,श्रीलंका र यूएई छन् । समुह चरणको खेलपछि शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्ने छन् ।

श्रीलंकाको पूर्ण टोली :

निपुन धनञ्जय (कप्तान), कामिल मिश्रा ९उप कप्तान तथा विकेटकीपर०, नभोद परानविधान, भविसा अभिषेक, रभिन्दु रासनाथा डी शिल्भा, अहान विक्रमसिंघे, अभिषेक थरिन्दु, रोहन सञ्जय, आशन ड्यानियल, सान्दुन मेन्डिस, कभिन्दु नादेशान, यासिरु रोड्रिगो, दिलसान मदुशन्का चामिन्दु विज्सिंघे र अश्मी डी शिल्भा ।

नेपालको पूर्ण टोली :

रोहितकुमार पौडेल (कप्तान),पवन सर्राफ,कमलसिंह ऐरी,रित गौतम,हरिबहादुर चौहान,भिम सार्क, मोहमद आसिफ शेख,सन्दीप जोरा,कुशल मल्ल,राशिद खान,सगर ढकाल,खडक बहादुर बोहोरा,सूर्य तामाङ,लोकेश बम र प्रतिस जि.सी. ।(हाम्रो खेलकुद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button