बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले विभिन्न २७ वटा विभागीय जिम्मेवारी पाएका प्रतिनिधिलाई शपथ ग्रहण गराएको छ ।
नेकपा झापाले शनिबार बिर्तामोडस्थित पार्टी कार्यालयमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी झापाका २७ वटै विभागीय प्रतिनिधिहरुलाई शपथ ग्रहण गराएको हो ।
उनीहरुलाई नेकपाका केन्द्रीय सदस्य, प्रदेश नम्बर एकका सह इञ्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि नरेश खरेलले शपथ ग्रहण गराएका हुन् ।
नेकपा झापा अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला इञ्चार्ज रविन कोइराला, सह इञ्चार्ज देवेन्द्र दाहाल र हरि राजवंशी, नेकपाका नेता झलकसिंह दर्लामीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा पार्टी निकट विभिन्न जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेशका विभिन्न तहतप्काका प्रतिनिधि र झापा जिल्लाका विभिन्न तहतप्काका प्रतिनिधिको उपस्थिति थियो । सो कार्यक्रमको सञ्चालन नेकपाका नेता प्रेम गिरीले गरेका थिए ।janasamsadonline