सरुवा रोग अस्पतालमा परीक्षण गराउनेको भिड, ९ दिनमा १३५० जनामा भेटियो डेंगु


बिन्दु शर्मा

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु परीक्षण गराउनेको भिड हरेक दिन बढ्दै गइरहेको छ। पछिल्लो ९ दिनमा अस्पतालमा २४ सय २५ जनाले डेंगु परीक्षण गराइसकेका छन्।

परीक्षण गरेकामध्ये आधाभन्दा बढीमा डेंगुको संक्रमण भेटिएको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले जानकारी दिए। उनका अनुसार ९ दिनको अवधिमा १३ सय ५० जनामा डेंगु संक्रमण फेला परेको छ।

‘डेंगुका बिरामी हरेक दिन बढीरहेका छन्,’ उनले भने, ‘परीक्षण गराउन आउने चापका कारण अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीले पानी पिउने समेत फुर्सद पाउन सकेका छैनन्।’ उनले तत्कालै डेंगु नियन्त्रणका लागि कदम चाल्नुपर्ने बताए।

डा बास्तोलका अनुसार सोमबारमात्र ४ सय ४६ जनाले डेंगुको परीक्षण गरेका छन्। परीक्षण गरेकामध्ये ३ सय ११ जनामा संक्रमण भेटिएको छ।

डा बास्तोलाले दिएको जानकारी अनुसार यस्तो छ पछिल्लो ९ दिनको परीक्षण र डेंगु प्रमाणित भएकाको तथ्यांक :

१५ गते आइतबार १७९ (परीक्षण गरेको संख्या ) ७९ (डेंगु प्रमाणित संख्या)
१६ गते सोमबार १५० (परीक्षण गरेको संख्या ) ८४ (डेंगु प्रमाणित संख्या)
१७ गते मंगलबार २०१ (परीक्षण गरेको संख्या ) ७६ (डेंगु प्रमाणित संख्या)
१८ गते बुधबार २७१ (परीक्षण गरेको संख्या ) १७६ (डेंगु प्रमाणित संख्या)
१९ गते बिहिबार १४७ (परीक्षण गरेको संख्या ) १११ (डेंगु प्रमाणित संख्या)
२० गते शुक्रबार ३७२ (परीक्षण गरेको संख्या ) १७५ (डेंगु प्रमाणित संख्या)
२१ गते शनिबार २९६ (परीक्षण गरेको संख्या ) १४४ (डेंगु प्रमाणित संख्या)
२२ गते आइतबार ३६३ (परीक्षण गरेको संख्या ) १९४ (डेंगु प्रमाणित संख्या)
२३ गते सोमबार ४४६ (परीक्षण गरेको संख्या ) ३११ (डेंगु प्रमाणित संख्या)

swsthyakhabarpatrika

50% LikesVS
50% Dislikes