खबर

रुसी चुनावमा सत्तारुढ युनाइटेड र सिया पार्टीको अवस्था नाजुक

(एजेन्सी)।रसियाको सत्तारुढ युनाइटेड रसिया पार्टीले आइतबार सम्पन्न राजधानी मस्को शहरको संसद्को चुनावमा ठूलो हार व्यहोर्नुपरेको सोमबार निर्वाचन आयोगले जनाएको छ।

सो चुनावको झण्डै पूरा परिणाम आइसकेको बताइएको छ। संसद्को कूल ४५ सिटमध्ये यस पार्टीले करिब एक तिहाई सिट गुमाएको छ।

तर रसिया पार्टीले कूल २६ वटा सिट जितेर आफ्नो झिनो बहुमत भने कायम राख्न सफल भएको छ।

अधिकांश विपक्षी राजनीतिक पार्टीका उम्मेदवारलाई चुनाव लड्न अयोग्य घोषित गरिएकाले कम्युनिस्ट, स्वतन्त्र र अन्य उम्मेदवारले सिट जितेका छन्।

यसरी विपक्षी उम्मेदवारहरूलाई पाखा लगाइएकाले विशाल विरोध प्रदर्शन भएको थियो।

त्यस क्रममा हजारौं प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो भने दंगा प्रहरीलाई निर्मम तरिकाले प्रदर्शनकारीलाई दमन गरेको आरोप लागेको थियो।

मस्को स्थित बीबीसीका पत्रकार साराह रेन्सफोर्डले पछिल्लो समय युनाइटेड रसिया पार्टीको छवि निकै खस्किँदै गएपछि यसका अधिकांश सदस्यहरूले स्वतन्त्र उम्मेदवारी दिएको बताएकी छिन्।

यस पार्टीका नेता एन्द«ेइ मेतेल्स्किी मस्कोबाट पुन निर्वाचित हुन नसक्नुलाई पार्टीमाथिको ठूलो धक्का महशुस गरिएको छ।

यस चुनावमा कम्युनिस्ट पार्टीले १३ सिट जित्ने अनुमान गरिएको छ। त्यसैगरी लिवरल याब्लोको पार्टी र वामपन्थी विचारधारतर्फ झुकेको जस्ट रसिया पार्टीले ३/३ सिट जितेका छन्।

चुनाव लड्नबाट वन्चित गरिएका विपक्षी नेता एलेक्सेइ नाभाल्नीलेँस्मार्ट भोटिङ’ नीतिलाई प्रवद्र्धन गरेका थिए।

उनको टोलले गोप्य ढंगले युनाइटेड रसियाका उम्मेदवारलाई हराउन सक्ने उम्मेदवारका लागि प्रचारप्रसार गरेका थिए।

नाभाल्नीले चुनाव परिणामलाईँशानदार’ संज्ञा दिएका छन्। आइतबार सम्पन्न यस चुनावमा कुल मतदातामध्ये करिब २२ प्रतिशतले मात्र मतदान गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button