‘समाचार र विचारको
साझा चौतारी’





चाइनिज ताइपेविरुद्ध नेपालको अग्रता


काठमाडौं  नेपाली राष्ट्रिय फुटबल टोलीले विश्व कप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध अग्रता लिएको छ । पहिलो रोजाईमा मौका पाएका अन्जन विष्टको गोलमा नेपालले अग्रता लिएको हो । अन्जनले तेस्रो मिनेटमा फ्रिकिक मार्फत गोल गरेका हुन् ।

कुवेतविरुद्धको पहिलो खेलबाट प्रशिक्षक योहान कालिनले तीन खेलाडी परिवर्तन गरेका थिए । त्यसमध्ये अन्जन एक थिए । प्रशिक्षकको विश्वासमाथि अन्जन खरो उत्रेका छन् । अघिल्लो खेलमा चोट लागेका डिफेन्डर अजित भण्डारीको स्थानमा दिनेश राजवंशीले आजको खेलमा मौका पाएका छन् ।

सुमन अर्यालको स्थानमा रजिन धिमाल पहिलो रोजाईमा पर्न सफल भएका छन् । मिडफिल्डर विक्रम लामाको स्थानमा अन्जनलाई मौका दिइएको थियो । कुवेतविरुको पहिलो खेलमा ७–० को लज्जास्पदक हार बेहोरेको नेपालले आज भने बलियो सुरु वात गरेको छ । नेपाल, चाइनिज ताइपे रहेको समूहमा अस्ट्रेलिया, जोर्डन र कुवेत छन् ।

नेपालको सुरुवाती ११ – किरण चेम्जोङ (कप्तान, गोलकिपर), दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, विशाल राई, रोहित चन्द, अन्जन विष्ट, रवी पासवान, सुजल श्रेष्ठ, विमल घर्तीमगर(हाम्रो खेलकुद)

प्रतिकृया दिनुहोस्