खबर

विपीको १०६औं जन्मजयन्तीः प्रदेश निर्वाचन क्षेत्रको भूगोलमा वृक्षारोपण

झापा । जननायक विपी कोइरालाको १०६औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले आजदेखि देशब्यापी रुपमा दोस्रो चरणको हिपतम जागरण अभियान प्रारम्भ गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता वि.पी. कोइरालाको १०६औं जन्म जयन्तीको स्मरणस्वरुप देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा १०६ वटाका दरले विरुवा रोप्दै हिपतम अभियानको प्रारम्भ गरिएको हो ।

सो क्रममा वीपीले नेपाली राजनीतिमा पु¥याएको योगदानको पनि चर्चा गरिएको छ । कांग्रेसको देशब्यापी कार्यक्रम अन्तर्गत झापाका १० वटै प्रदेश निर्वाचन क्षेत्रमा वृक्षरोपणसहितका विविध कार्यक्रम सम्पन्न भएका छन् । प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालय, सार्वजनिक स्थल, कांग्रेसका पार्टी कार्यालय तथा सामुदायिक भवन परिसरमा वृक्षारोपण गरिएको हो ।

आसन र भाषणभन्दा बढी रचनात्मक तरिकाले गरिएका अधिकांश कार्यक्रममा वृक्षरोपण स्थलमै वीपीको तस्वीरमा माल्यार्पण, श्रद्धाञ्जली अर्पणसहित विपीको ब्यक्तित्वबारे चर्चा गरिएको हो । पर्यावरणीय सन्तुलनमा पार्टीका तर्फबाट योगदान पुर्याउने उद्देश्यअनुरुप देशभर वृक्षरोपण गरिएको जनाइएको छ ।sajhamanch.com/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button