स्वास्थ्य

दमक अस्पताल व्यवस्थित नहुँदा सर्वसाधारण मारमा

गोविन्द ल्वागुन

दमक / दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा उपलब्ध सेवा सुविधाहरु व्यवस्थित हुन नसक्दा सर्वसाधारणहरु मारमा पर्ने गरेका छन् ।
झापाको माईपश्चिमका ५ वटा स्थानीय तहलाई लक्षित गरी सञ्चालनमा आएको दमक अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर हँुदा सर्वसाधारणहरुले हैरानी खेप्नुपरेको गुनासो बढ्दै गएको छ ।
माईपश्चिममा रहेको एकमात्र जिल्ला स्तरको सरकारी अस्पतालमा उपलब्ध सेवा सुविधाहरु व्यवस्थित हुननसक्दा सेवाग्राहीहरु मारमा पर्ने गरका हुन् । माईपश्चिम क्षेत्रका सर्वसाधारणहरुलाई लक्षित गरी सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको पहिलो बिन्दू पनि दमक अस्पताल नै हो । विशेष गरी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यो अस्पतालमा दैनिक ४ सयदेखि ५ सयसम्म बिरामीले सेवा लिने गरेका अस्पताल प्रशासनले जनाएको छ ।
गौरादहकी बिन्दू कार्कीले स्वास्थ्य बीमाबाट उपचारका लागि दमक अस्पतालमा आएकी थिईन् । पेट दुख्ने समस्या लिएर बीमाको सुविधामा स्वास्थ्य परीक्षणका लागि दमक अस्पताल आएपनि कार्कीले व्यवस्थापकीय कमजोरीका कारण आफू र आफूजस्तै धेरै सेवाग्राहीहरुले सास्ती खेप्नु परिरहेको गुनासो गरिन् । अस्पतालले प्रवाह गर्ने सेवासुविधा चुस्त हुननसक्दा दैनिक सयौ सर्वसाधारणहरुले सास्ती खेप्नुपरिरहेको मोरङ उर्लाबारीकी लिलादेवी ढुंगानाले गुनासो गरिन् ।


झापाको माईपश्चिमका ५ वटै स्थानीय तह र इलामको चुलाचुलीका सर्वसाधारण र आम स्वास्थ्य बीमाकर्ताले सो अस्पतालबाट सेवा लिने गरेका छन् । स्वास्थ्य बीमा अन्र्तगत सेवा लिन आउने सेवाग्राहीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएपछि अस्पतालमा पर्याप्त जनशक्तिको अभावका कारण सेवा प्रवाहमा समस्या देखिएको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुरक्षा बाँस्कोटाको भनाई छ ।
सो अस्पतालले सरकारबाट ५० शैयाको स्वीकृति पाएको भएपनि हाल १५ शैयाबाट मात्र सेवा दिने गरिएको छ । हाल ७ जना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइरहेको अस्पतालमा सेवाग्राहीको चाप दैनिक उच्च हुँदै गएपछि थप ३ जना मेडिकल अफिसर नियुक्तिका लागि विज्ञापन आह्वान गरिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले बताए । उनका अनुसार बीमा अभिकर्ताहरुका लागि स्वास्थ्य उपचारको पहिलो बिन्दू नै दमक अस्पताल तोकिदिएका कारण सेवाग्राहीको भीँड हुने गरेको बताए ।
जिल्ला अस्पतालको रूपमा स्वीकृति पाएको सो अस्पताल हाल नगरपालिकाको मातहतमा सञ्चालन हुँदै आएको छ । उक्त अस्पतालले हाल ३ लाख बढी सर्वसाधारणहरुलाई प्रत्यक्ष स्वास्थ्य सेवा दिँदै आइरहेको अस्पताल प्रशासनले जनाएको छ ।janasamsadonline

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button