खेलकुद

नेयमार  पीएसजी टोलीमा समेटिए

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार अन्तत: फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग खेल खेल्ने टोलीमा समेटिएका छन्।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेयमार अब नियमित खेल्ने पक्का गरेका हुन् । उनले शनिबार हुने स्ट्रासबर्गविरुद्ध लिग खेलमा नेयमार टोलीमा रहने बताएका छन् । जारि सिजन चोट र त्यसपछि ट्रान्सफर बजारमा सरुवा हुने चर्चाका कारण टोलीमा रहेका थिएनन् ।

नेयमारले चोटबाट पुनरागमन गर्दै ब्राजिलका लागि गत साता दुई मैत्रीपूर्ण खेलमा सहभागिता जनाइसकेका छन् । कोलोम्बियाविरुद्ध जितमा गोल समेत गरेका नेयमारले अब पीएसजीको आक्रमण सम्हाल्नेछन् । पीएसजीका मुख्य फरवार्डद्वय किलीयन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण विश्राममा रहेकाले नेयमारको आवश्यकता खड्किएको थियो ।

प्रशिक्षक टुचेलले नेयमारको टोलीमा महत्त्व झनै बढेको महसुस गरेका छन् । ‘नेयमारको पुनरागमन राम्रो समयमा भएको छ । एम्बाप्पे र काभानी चोटका कारण बाहिर रहँदा उनले नै हाम्रो आक्रमण सम्हाल्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button