मूल खबर

तरूण दलमा जवाफी ‘कारबाही’ : अध्यक्षले महासचिव बर्खास्त गरेपछि महासचिवले पनि हटाए अध्यक्ष

काठमाडौं- नेपाल तरुण दलका अध्यक्षले महासचिवलाई दलको जिम्मेवारीबाट बर्खास्त गरेपछि महासचिवले पनि अध्यक्षलाई पदबाट हटाएका छन्।

अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई दलको सबै जिम्मेवारीबाट मुक्त गरेपछि महासचिव शाहीले पनि विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षलाई हटाएको जानकारी दिएका हुन्।

विभिन्न ४ आरोप लगाउँदै महासचिव शाहीले अध्यक्षलाई हटाउनुपरेको उल्लेख गरेका छन्।शनिबार एक विज्ञप्ति जारी गर्दै महासचिव शाहीले अध्यक्षलाई हटाउन परेको जानकारी गराएका छन्।नेपाल लाइभ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button