धनगढी
सनराईज बैंक लि.धनगढीले आफ्नो बचतकर्तालाई स्वास्थ्य बीमा अन्तर्गत एक लाख रुपैया प्रदान गरेको छ ।
सनराईज बैंक सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले बैंकका बचतकर्ता लक्ष्मण खड्कालाई स्वास्थ्य बीमा अन्तर्गत एक लाख रुपैयाको चेक प्रदान गरे ।
सनराईज बैंक लि.धनगढीका प्रबन्धक धर्मराज बिष्टले खड्काले औषधी उपचार खर्च वाफत दावी गरेको रकम प्राप्त गरेको बताए ।
खड्का एक लाख रुपैया प्राप्त गर्ने सनराईज बैंक धनगढीको पहिलो बचतकर्ता हुन् ।