एजेन्सी – फरवार्ड लुइस सुआरेजले दुई गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ५–२ को सानदार जित निकालेको छ ।
घरेलु मैदान नोउक्याम्पमा शनिबार राति भएको बार्सिलोनाको प्रभावशाली जितमा युवा मिडफिल्डर अंशुमाने फाती, फ्रान्की डि जोङ र जेरार्ड पिकेले गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियो र म्याक्सिमिलियानो गोमेजले गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै युवा मिडफिल्डर फातीको गोलबाट बार्सिलोना खेलमा अघि बढेको थियो । उनले फ्रान्की डि जोङको पासमा गोल गरेका थिए । सातौ मिनेटमा अघिल्लो गोलमा असिस्ट गरेका डि जोङले फातीको पासमा गोल गर्दै अग्रता दोब्बर बनायो ।
२७औं मिनेटमा केभिन गेमेरियोले गोल गर्दै अग्रता २–१ मा झारे । ५१औं मिनेटाा पिकेले गोल गर्दै घरेलु टोलीलाई ३–१ को अग्रता दिलाए । ६१औं मिनेटमा सुआरेजले गोल गरेपछि बार्सिलोना फराकिलो जिततर्फ अग्रसर बन्यो ।
८२औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । तर, खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै अग्रता घटाएपनि बार्सिलोना ५–२ ले विजयी हुन सफल भयो ।
प्रभावशाली जितसँगै बार्सिलोना ४ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सिया ४ अंक जोडेर १४औं स्थानमा छ ।hamrokhelkud