काठमाडौं –ब्लुबर्ड इन्टरनेसनल कलेजले अन्तर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । रोयल केसीटीसी इन्डोर क्रिकेट कोर्ट गोल्फुटारमा आइतबार भएको फाइनलमा ब्लुबर्डले ग्ल्यासियरले कलेजलाई ४२ रनले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारत १० ओभरमा ब्लुबर्डले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको ग्ल्यासियरले ७५ रनमात्रै जोड्न सक्यो । ग्ल्यासियरका दिपेन्द्र बोहराले ४१ तथा विपिन आचार्यले १४ रन जोडे । विवेक राना र विश्व कार्कीले समान १ विकेट लिए । त्यसअघि पलिले ब्याटिङ गरेको ब्लुबर्डका लागि सचिन लेखकले ४५ रन तथा विवेक रानाले २९ रन जोडे । ग्ल्यासियरका कैलाश भट्टराई र दिपेन्द्र बोहराले समान १ विकेट लिए ।
फाइनल खेलमा ब्लुबर्डका विवेक रानामगर खेलको म्यान अफ दि म्याच घोषित भए । टेक्सस कलेजको आयोजनामा भएको प्रतियोगिताको विजेता ब्लुबर्डले ५१ हजार रुपैया हात पा¥यो । दोस्रो भएको ग्ल्यासियरले २५ हजार ५ सय रुपैयामा चित्त बुझायो । विवेक नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए । ओजस्वी कलेजका अभियान बस्नेत उत्कृष्ट ब्याट्सम्यान र ओजस्वीकै आश्रय बस्नेत उत्कृष्ट ब्याट्समयान चुनिए ।
सर्वाेत्कृष्ट खेलाडी विवेकले पोखराको दोहोरो हवाई टिकट, आइफिल्क्सबाट गिफ्ट ह्याम्पर र काठमाडौं किङ्स ११ बाट इपिएललका लागि दोस्रो राउन्डका लागि वाइलड कार्ड इन्ट्री पाए । अभियान र आश्रयले पोखराको एकतर्फी हवाई टिकटसँगै आइफिल्क्सबाट गिफ्ट ह्याम्पर र काठमाडौं किङ्स ११ बाट इपिएललका लागि दोस्रो राउन्डका लागि वाइलड कार्ड इन्ट्री पाए । विजयी टोली तथा खेलाडीलाई पुर्व राष्ट्रिय खेलाडी तथा प्रदेश ३ का क्रिकेट संघधका अध्यक्ष राजु बस्नेतले पुरस्कृत गरे ।(हाम्रो खेलकुद)