खेलकुद

अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल असोज २ देखि

विनोदबाबु रिजाल
चितवन- चितवनमा असोज २ गतेबाट प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फूटबल प्रतियोगिता गरिने भएको छ । भरतपुरको गेष्टहाउस चौरमा गर्न लागिएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् ।

आयोजकले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पहिलो हुनेले कपसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुनेले कपसहित ५० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छ । त्यसैगरी म्यान अफ दी म्याचलाई नगद र ट्रफी दिइने छ । अन्त्यमा म्यान अफ दी सिरिजलाई १० हजार, बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र हाइ स्कोररलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने छ ।

प्रतियोगितामा चितवन रातो र चितवन नीलो गरी दुई टिम बनेका छन् । भारतबाट दुईवटा टिम आउँदै छन् । अरु सबै नेपालमा नाम कहलिएका टिमहरु आउँदै छन् । प्रतियोगिता स्तरीय बनाउन त्यहीअनुसार तयारी गरिरहेको संयोजक बरुण वस्नेतले बताए ।सहभागी क्लबहरुलाई २ समूहमा विभाजन गरिएका छन् । दुवै समूहमा ८–८ टोली छन् ।

समूह ‘ए’ मा आयोजक चितवन भेटेरान (नीलो) सहित मकवानपुर भेटेरान हेटौंडा, अभिषेक चर्च नवलपुर, रोयल भेटेरान दार्जिलिङ(भारत), बगर भाइ खलक पोखरा, टी बरगर ललितपुर, नाईट किङ काठमाडौं र धरान भेटेरान क्लब छन् ।

यस्तै समूह ‘बी’ मा चितवन भेटेरान (रातो)सहित सानो गौचरन काठमाडौं, रुपन्देही भेटेरान ११ बुटवल, बीबीसी भेटेरान बनेपा, झापा भेटेरान, युथ एकेडेमी वीरगञ्ज, देहरादुन एफ.सी. भारत र कैलाली भेटेरान रहेको आयोजक चितवन भेटेरान फूटबल क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको पहिलो चरणको खेलहरु दुई दिन हुनेछन् । दुबै दिन ४–४ वटा खेल हुने तालिका छ । सहभागी १६ मध्ये ८ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । क्वाटरफाइनलका खेलहरु ४ गते हुनेछन् भने सेमीफाइनलको खेलहरु ५ गते र फाइनल खेल ६ गते हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा २ गते आयोजक चितवन भेटेरान (नीलो) र मकवानपुर भेटेरान हेटौंडा भिड्नेछन् । उक्त खेल बिहान ७ः३० बजे हुनेछ । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जस्मिन पेन्ट्सका महाप्रबन्धक लक्ष्मण अर्यालले आयोजकलाई चितवनको टिमको जर्सी तथा खेल सामग्री हस्तान्तरण गरे ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button