मूल खबर

नेकपा इटहरी भित्र चरम विवाद ,प्रदेश कार्यलयमा तालाबन्दी

 बुलेट खतिवडा

इटहरी । नेकपा इटहरीको विवादले उग्र रुप लिएको छ । नेकपा इटहरी कार्यलय तालाबन्दी गरेर पार्टी पति असन्तुष्ट कार्यकर्ताहरुले नेकपा प्रदेश कार्यलय इटहरीमा तालाबन्दी गरेका छन ।

पार्टी बिधान विपरीत काम भएको र लामो समयदेखि पार्टीमा काम गरेका कार्यकर्ताहरुलाई पाखा लगाइएको भन्दै आन्दोलनरत नेकपा इटहरीका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन ।

नेकपा इटहरी उप महानगरको कार्यलयमा तालबन्दी भएको १९ दिन वितिसक्दा पनि पार्टीले कार्यकर्ताको माग सम्बोधन नगरेको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले गरिरहेको आन्दोलनमा नेताहरुले समेत साथ दिएका छन् । डेढ सय भन्दा बढि कार्यकर्ता तथा नेताहरु प्रदेश कार्यलयमा तालाबन्दी गर्न पुगेका थिए ।

नेकपा इटहरी पार्टी भित्र चरम असन्तुष्टि बढे सँगै कार्यकर्ताहरु पक्ष विपक्ष बन्दै आएका छन । इटहरी नेकपाको विवादलाई भिम आचार्य सँग जोडिएको छ । भिम आचार्यकै निर्देशनमा काशिनाथ दंगाललाई नेकपा इटहरीको सचिव बनाएको भन्दै नेकपा इटहरीमा चरम विवाद हुदै आएको छ ।

असोज ४ गते वृहत कार्यकर्ता भेला गर्ने र पार्टी अध्यक्षलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ । अभियानमा प्रदेस संसद लिलम बस्नेत,सर्वध्वज साँवा सहभागि छन् । यस्तै रेवतीरमण भण्डारी, याम सुब्बा लगायतका नेताहरुले समेत साथ दिएका छन् ।

नेकपा इटहरी नगर कमिटिको गठनमा गुटका आधारमा नेतृत्वमा लगिएको, पार्टीको बिधी र बिधान नमानिएकाले सच्याउन माग गर्दै पार्टी सुधृढीकरण अभियान शुरु गरेको लिलम बस्नेतले जानकारी दिए ।sancharpati.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button