मूल खबर

घाँटी थिचेर नर्सको हत्या त्यसपछि…यौन सम्पर्कको प्रयास

२८ वर्षकी नर्सको हत्या गरेपछि एक अधबैंसे व्यक्तिले उनको शवको नग्न फोटो खिचे, त्यसपछि शवसँगै यौन सम्पर्कको प्रयास गरे ।

५१ वर्षका मलेसियाली नागरिक बोह कून होले आफूले ती नर्सलाई पहिले कहिल्यै नग्न अवस्थामा नदेखेकोले उनलाई नग्न अवस्थामा हेर्ने इच्छाका कारण उनलाई मारेको बयान दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनीमाथि लागेको हत्या अभियोगमाथि आज बुधबार उच्च अदालतमा पहिलो सुनुवाइ भएको छ ।

क्याफेटेरिनामा काम गर्ने ती व्यक्तिलाई चिनियाँ नर्स झाङ हुआजियाङको २०१६ मार्च २१ मा सिंगापुरको सर्किट रोडमा रहेको भाडाको फ्ल्याटको बेडरुममा घाँटी थिचेर हत्या गरेको अभियोग लगाइएको छ ।

यो अभियोग प्रमाणित भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ । ‘यो इष्र्या, रिस र अतृप्त इच्छाका कारण गरिएको हत्याको मुद्दा हो’ डेप्युटी पब्लिक प्रोसिक्युटर वोङ कोक वेङगले अदालतमा भनेका थिए ।

अदालतमा बताइएअनुसार बोहले झाङलाई आफ्नी गर्नफ्रेण्ड सम्झिन्थे । उनीहरु साथमा सपिङ गर्न जाने, साथमा खाजा खाने गर्थे । बोहले झाङलाई गिफ्ट पनि दिन्थे जसका कारण उनी झाङलाई आफ्नी गर्लफ्रेण्ड ठान्थे तर उनीहरुबीच कहिल्यै शारीरिक सम्पर्क भएको थिएन । उनीहरु २०११–२०१२ तिरबाट परिचित थिए । त्यतिबेला झाङले पनि बोहसँगै सिंगापुरको मारिना बे स्ट्याण्ड रिसोर्टको क्याफेटेरिनामा काम गर्थिन् र नर्सिङ पढ्दै थिइन् । ग्रयाजुएशन गरेपछि उनले नेशनल युनिभर्सिटी अस्पतालमा काम गर्न थालिन् ।

हत्याको केही दिन अघि मार्च १८ का दिन बोहले झाङलाई अर्कै एक व्यत्तिःसँग ट्याक्सीमा कतै जाँदै गरेको देखे । यो कुराले उनलाई इष्र्या भयो र उनलाई लाग्यो कि झाङले उनलाई धोका दिइरहेकी छिन् । उनले त्यसपछि झाङलाई आफूकहाँ मार्च २१ मा लञ्चमा जानको लागि बोलाए । जब उनले आफ्नो कोठामा झाङले कपाल कोरिरहेको देखे, उनले त्यहीँ झाङसँग यौन सम्पर्कको प्रयास गरे । तर, झाङले उनको प्रस्ताव अस्वीकार गर्दै उनलाई गाली गरिन् ।

१० मिनेटपछि बोहले पुनः उनलाई जबरजस्ती गर्ने प्रयास गरे । उनले झाङको घाँटीमा पाखुराले समातेर आफ्नो कोठातिर तान्न थाले तर झाङले प्रतिवाद गरिरहिन् । बोहले झाङसँग ट्याक्सीमा गएका व्यक्ति को हुन् भनेर सोध्दा झाङले आफू ती व्यक्तिसँग पहिले पनि ४–५ पटक बाहिर गएको बताइन् । झाङले आफू अहिले पनि चीनमा रहेका पूर्वप्रेमीसँग सम्पर्कमा रहेकोर आफूहरुका लागि यौन सम्बन्ध सामान्य रहेको पनि बताइन् । यो सुनेपछि बोहको पारो तात्यो ।

बोहले एउटा टावेल लिए, त्यसलाई झाङको घाँटीमा बेरे र उनको प्राण नजाँदासम्म करिब २ मिनेट अँठ्याइरहे । झाङको मृत्यु भएपछि उनले शवलाई बेडमा राखे । बोहले शवको कपडा खोले । उनलाई अझै पनि झाङसँग यौन सम्पर्क गर्न मन लागिरहेको थियो । उनलाई लाग्यो कि अब उनले आफ्नो इच्छा पूरा गर्न सक्छन् किनकि अब झाङले उनको प्रतिवाद गर्न सक्दिनन् । यद्यपि, झाङको मृत्यु भइसकेको र शवमा नियन्त्रण नहुँदा बोहले यौन सम्पर्क गर्न भने सकेनन् ।

आफ्नो प्रयासमा असफल भएपछि बोहले झाङलाई पेन्टी लगाइदिए र शवलाई ब्लांकेटले ढाके । त्यपछि कपडाहरु वाशिङ मेसिनमा धुनको लागि हाले । बोहले त्यसपछि सिंगापुर नै छाडेर जाने तयारी गर्दै आफ्नो सामान प्याक गरे । उनले झाङको फोन र पैसा आफूसँगै राखे । उनले आफ्ना सुपरभाइजरलाई आफू १ महिनाको लागि मलेसिया जान लागेको भन्दै म्यासेज गरे । त्यसपछि आफ्नो घरमालिकलाई आफूले केही दिनमा कोठा खाली गरिदिने भन्दै फोन गरे । सञ्चारपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button