स्वास्थ्य

नोबेलमा नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण

विराटनगरः नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रमअन्तर्गत स्टाफ नर्स, डिप्लोमा इन फार्मेसी, ल्याब टेक्निसियन, डेन्टल हाइजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, शैक्षिक विभाग निर्देशक प्रोफेसर एजी सिंह, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन कुमार, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, जगन्नाथ बराल लगायतले विद्यार्थीलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा पारामेडिकल कार्यक्रमका निर्देशक कमल पराजुली, नर्सिङ निर्देशक दुर्गा चौलागाईं र नर्सिङ शिक्षिका डेजिना थापाले विद्यार्थीलाई कलेजको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा. अधिकारी, शैक्षिक विभाग निर्देशक प्रोफेसर सिंह, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन, शैक्षिक कार्यक्रम संयोजक निरौला लगायतले विद्यार्थीलाई अनुशासित भई मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिए ।

नोबेलमा तीन वर्षे पारामेडिकल कार्यक्रम अन्तर्गतका ५ सङ्कायमा १ सय ८० विद्यार्थी भर्ना भएको कलेजका प्राचार्य डा. रामहरि घिमिरेले जानकारी दिए । नोबेलमा एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिन र डिफार्म सङ्कायमा करीब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । प्रदेश पोर्टल

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button