भारतमा सरकारको पक्षमा लेख्ने पत्रकारलाई पुरस्कार घोषणा, निर्वाचन प्रभावित पार्न खोजेको विपक्षीको आरोप

नयाँ दिल्ली– झारखण्डको भारतीय जनता पार्टी (भाजपा) सरकारले पत्रकारलाई लोभ देखाउनका लागि नयाँ योजना सुरु गरेको छ। राज्यको कल्याणकारी योजनाको समाचार सम्प्रेषण गर्ने प्रिन्ट र टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई राज्य सरकारले १५ हजार रुपैयाँ दिने घोषणा गरेको हो।
झारखण्ड सूचना एवं जनसम्पर्क विभागका तर्फबाट शतिबार एक समाचारपत्रमा यसको विज्ञापन छापिएको छ। जसमा राज्यको कल्याणकारी योजनामा लेख र त्यसको प्रशंसा गर्दै समाचार वा फिचर लेख्ने पत्रकारहरुको आवेदन माग गरिएको छ। एक समितिमार्फत प्रिन्ट र इलेक्ट्रोनिक मिडियाका ३० पत्रकार छनोट गरिने सूचनामा उल्लेख छ।
उक्त सूचनामा सरकारको कार्यक्रममा आधारित भएर ४ लेख लेख्नुपर्ने उल्लेख छ। १२० लेखमा २५ लेखहरु छानेर बुकलेट प्रकाशन गरिनेछ। बुकलेटका लागि छानिएका २५ पत्रकारलाई थप ५ हजारसमेत उपलब्ध गराइने विज्ञापनमा उल्लेख छ।नेपाल लाइभ