‘समाचार र विचारको
साझा चौतारी’





‘च च हुई’ गीत रिलिज, एलिशाको ‘जवानी’ धान्न आर्यन तयार (भिडियो)


दशैंको घटस्थापनाको शुभ अवसरमा साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को आइटम गीत सार्वजनिक भएको छ । ‘जवानी’ बोलको गीतमा फिल्मका प्रमुख अभिनेता आर्यन सिग्देल र ‘चिँ मुसी चिँ’ फेम्ड अभिनेत्री तथा अहिलेकी चर्चित मोडल एलिशा शर्मा फिचर्ड छन् । गीतमा एलिसालाई बोल्ड अवतारमा देख्न सकिन्छ । उनको जवानी देखेर आर्यन लोभिएका छन् ।

बालाजुस्थित एनएफडिसीमा भब्य सेट निर्माण गरेर खिचिएको गीतमा शिशिर खातीको कोरियोग्राफी छ । गीतमा निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको छ । भने, रोशन थापाको संगीत छ । रोशनलाई गायनमा सुमन गुरुङले साथ दिएकी छन् । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक भुटिया बताउँछन् ।

यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । फिल्ममा आर्यनका अलावा मिरुना मगर, भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयं हुन् ।

मंसिर ६ गते प्रदर्शन हुने फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व र सुशन प्रजापतिको छायांकन छ । निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल फिल्म बनाउने प्रयत्न गरेको बताए । अभिनेता आर्यन र अभिनेत्री मिरुनाले फिल्म राम्रो बनेको बताए । दुबै फिल्मलाई लिएर उत्साहित छन् ।फिल्मीखबर अनलाइनबाट ।

गीत हेर्नुहोस् :-

प्रतिकृया दिनुहोस्