‘समाचार र विचारको
साझा चौतारी’





‘आमा’ को फस्टलुकमा सुरक्षाको यस्तो रुप


भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी सुरक्षा पन्तको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’ को फस्टलुक पोस्टरमा देखिएको भिन्न लुक्सले धेरैलाई चकित बनाएको छ । दशैंको शुभकामना स्वरुप बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा उनी कपालको आधा भाग कोटिएको अवस्थामा देखिएकी छन् । जहाँ उनलाई भावुक मुद्रामा देख्न सकिन्छ ।

अर्को पोस्टरमा उनीसँगै अभिनेत्री मिथिला शर्मा पनि फिचर्ड छन् । फिल्ममा मिथिलाले सुरक्षाको आमाको भूमिका निभाएकी छन् । फिल्मले एक छोरी र आमाको भावनात्मक सम्बन्धको कथा भन्ने निर्माण टिमले बताएको छ । ‘पशुपतिप्रसाद’ जस्तो यादगार फिल्म पस्किएका दीपेन्द्रको एक्सन-कट रहेका कारण यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ । फिल्म फागुन ९ मा प्रदर्शन हुँदैछ ।

निर्देशक खनालले ‘पशुपतिप्रसाद’ पछि आफूले मनछुने फिल्म ‘आमा’ लिएर आउन लागेको बताएका छन् । उनी आफैंले फिल्म खिचेका हुन् । भने, कथा पनि उनकै हो । सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।

शर्मिला पाण्डे निर्मिल फिल्मको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालले फिल्मको गीतमा संगीत भरेका छन् । दर्के झरी नपर्दा छायांकन सुरु भएको करीब ७५ दिनपछि फिल्मको सुटिङ प्याकअप भएको थियो । डिएस डिजिटलको ब्यानरमा बनेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको छ ।flimikhabaronline

प्रतिकृया दिनुहोस्