‘समाचार र विचारको
साझा चौतारी’





सेभिल्लाको साँघुरो जित


एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले युइएफए युरोपा लिग फुटबलमा साँघरो जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सेभिल्लाले साइप्रसको अपोइल निकोसियामाथि १–० को झिनो अन्तरमा जित निकालेको हो ।

सेभिल्लाको जितमा एकमात्र गोल जेभियर हर्नान्डेजले गरे । उनले खेलको १७औं मिनेटमा गोल गरेका थिए । लगातार अपोइललाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा सेभिल्लाको जितमा हर्नान्डेजको गोल नै निर्णायक बन्यो ।

जितसँगै अपराजित रहेको सेभिल्लाले समूह ‘ए मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । परमजित अपोइल अंकविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा अजरवैजानको एफसी क्वारावागले एफ९१ डुडेलेन्जमागि ४–१ को सहज जित निकालेको छ । क्वारावागको जितमा अब्देल्लाह जौविर, मिचेल, रिचार्ड अल्मेइडा र डानी क्वीन्टानाले गोल गरे । एन्टोइन बर्नेरले एक गोल फर्काए । क्वारावाग ३ अंक जोडेर तेस्रो तथा डुडेलेन्ज ३ अंकसहित दोस्रो स्थानमा छ ।hamrokhelkud

प्रतिकृया दिनुहोस्