‘समाचार र विचारको
साझा चौतारी’





जसले गाउ छ, मान्छेका गीतहरु उ अर्थात जीवन शर्मा


मान्छेका गीतहरु गाएर थाक्दैन बरु थाकेकाहरुलाई जोस्याउँछ , निरासालाई आशा देखाउँछु अनि हारेकाहरुलाई जित हुन्छ भनेर निरन्तर लक्ष्यमा पुग्न हौस्याइरहन्छ । उ गाउ छ तीनै मान्छेहरुका गीत जो शोषण, दमन, अन्याय, अत्याचार र असमानताको जाँतो पिसिरहेकाछन् । उ, अर्थात जनताको गायक भनौँ या जनवादी गायक जीवन शर्मा । जीवन शर्मा झुप्रा र छाप्रा गीत कथ्ने र गाउने एउटा कलाकार जसको अर्को परिचय हो रक्तिम साँस्कृतिक परिवार ।


कुनै समयमा रक्तिम परिवार भन्ने नाम तत्कालिन पञ्चायति ब्यबस्थाका लागि यति ठूलो टाउको दुखाईको विषय थियो कि एउटा प्रखर कम्युनिष्ट नेताले गरेको लम्बे भाषण भन्दा रक्तिमको एउटा गीतलेनै जनताको मन परिवर्तन गरिदिन्थ्यो । जसको नेतृत्व गरेका थिए उनै जीवन शर्मा र रेम रानाहरुले । जनताले भोगेको सामान्ति सत्ताको हैरानी र समाजका ठालुहरुले ब्यबस्थाको आडमा गरेका अपराध मात्र होइन मुक्ति र चेतनाका गीत गाएर सत्तालाईनै हल्लाईदिने ल्याकत राखेको थियो रक्तिम परिवारले ।
दर्जनौको संख्यामा गीति क्यासेट समेत बजारमा ल्याएको रक्तिम परिवारको प्रस्तुतिमा जीवन शर्माको स्वर आफैमा संर्घषको पुल्ठो बनेर आउने गथ्र्यो र आज सम्म आउने गरेको छ । सिमाली छाँयामा बसि भरिया लामो श्वास फेरेको, अखिलको झण्डा फरर, झरनाको चिसो पानी, फोकल्याण्डको टापुबाट, सागर भेट्न जाँदैछ नदी, पूर्व बग्ने सुनकोशी र केही समय अघिमात्र सार्वजनिक भएको चाहीदैन मलाई सिसाको महल जस्ता आम नेपाली हरुले समाजमा भोगेका र भोग्दै आएका जिवनका कथाहरुलाई जस्ताको तस्तै जनता सम्म सुमधुर भाका हालेर ल्याउने जीवन शर्मा जस्ता गीत गाउछन् उनको जिवन पनि त्यस्तै छ ।


उनका गीतहरु न्याय, समानता, स्वतन्त्रता, मुक्ति,विद्रोह र समृद्धिको पक्षमा सानसँग उभिने गर्दछन् । जनताका गीत गाउने एक मात्र लक्ष्य , उद्देश्य बोकेका शर्मा साँच्चै भन्दा जेनेतेन एक छाक भात र एक आङ लाउने स्तरका मात्र हुन् धेरैलाई पत्यार नलाग्न सक्छ तर जीवन शर्मा साच्चै त्यस्तै छन्् । पञ्चायतकालदेखि माओवादी विद्रोहको समयमा समेत सरकारको तारो बनेका उनले धेरै कष्ट झेल्नु परेको थियो तर कहिल्यै पनि निजि स्वार्थ , पद र प्रतिष्ठा पाउनका लागि आशक्ति बनेनन् बरु आफ्नो भएका अलेली अंशको जायजेथा पनि तीनै झोपडीका गीत बनाउँदा बनाउँदै रित्याए तर उनी अलिकति पनि बिचलित बनेन् र आजका दिन सम्म पनि निरन्तर जनगीती याात्राको आफ्नो पथमा यात्रारत रहेकाछन् ।
उनका गीत चुनाव र बिभिन्न सभा सम्मेलनमा कम्युनिष्ट पार्टी भन्नेहरुले आफ्नै पेवा जत्तिकै गरेर बजाउँदै हिडेको सुनिन्छ । वास्तवमा जीवन शर्माले उनका गीतहरु कुनै अमुक राजनीतिकदलका लाििग भनेर तयार पारेका होइनन् तर उनका गीतमा भएको वर्गीय प्रेम, मुक्ति र संघर्षको चेतको लोभ लाग्दो आख्यानरुपी भाकाले कम्युनिष्ट भन्नेहरुले आफ्नो स्वार्थ अनुकूल बजाउने गर्दछन् । सयौँ गीतमा आफ्नो पृथक पहिचान बनाएको स्वर भरिसकेका कलाकार जीवन शर्माले पञ्चायत पछि बहुदल र बहुदलपछिको लोकतन्त्रमा पनि न त कुनै पदको लालच गरे नत केही पाउँ भनेर सरकार र नेतालाई चाकडीनै गरे । आफ्नो जिवनको एक मात्र अभिष्ट भनेको मैलाधैला र हेपिएका मान्छेहरुको पक्षमा जनसंगीतका माध्यामले उनीहरुको मुक्ति र समृद्धिलाईनै एक माात्र मन्त्र मान्ने जनवादी गायक जीवन शर्मा आर्थीक रुपमा भन्दा एक सुकुम्बासीनै हुन् भन्दा पनि हुन्छ । उनका गीतले कुनै समयमा बिद्रोहका मैदानमा धेरैलाई परेड खेल्न सिकायो, उनका गीतले सामान्तको दास बनेका धेरै किसान र मजदुरलाई बिद्रोहको स्वर बोल्न लगायो उनका गीतहरुले मान्छेहरुलाई कि मृत्यु कि मुक्ति भनेर संकल्पका साथ रणमैदानमा बन्दुक बोकेर युद्दको समर हेलिन पनि सिकायो अनि उनका गीतहरुले कम्युनिष्ट भन्ने पार्टीले नै जनताको भलो गर्छ भनेर जनतालाई कम्युनिष्ट मनपराउन हौस्यायो अनि उनै जीवन शर्माका गीतको कारण पनि आफुलाई जो आजपनि कम्युनिष्ट हौँ भन्छन् नेता र मन्त्री पनि बनाउन सहयोग पु¥यायो तर त्यो पञ्चायतकालदेखि आज सम्म एकोहोरो र अविरल जनताको गीत गाउने जनपक्षिय कलाकार जीवन शर्मा र उसले गाउने गीत हिजोकै जस्तैछन् जसले आजपनि न्याय, समानता , सदाचारको वकालत गरिरहेकाछन् ।
जीवन शर्मा कुनै पार्टीको कलाकार होइन अनि उसका गीतहरु कुनै खास पार्टीका पनि होइनन् तर उनका गीतहरु शोषण र अत्याचार , असमानता र विभेद अनि उत्पिडनका भने पक्कै पनि बिपक्षमा छन् । मानवताको पक्षमा बहुसंख्यक शोषित पीडित जनताको पक्षमा जनताका कलाकारका रुपमा परिचित जीवन शर्मा आजको लोकतन्त्रको स्थापनालाई उपलब्धि त ठान्छन् तर कम्युनिष्ट भनिने नेताहरुबाट जनताले जे आशा र अपेक्षा गरेका थिए अनि पहिला जनता बनाएर आफु पनि जनता जस्तै बन्नु पर्ने नेता पहिला आफु बनिने ध्याउन्नमा लागेकामा भने उनी सन्तोष मान्दैनन् तर पनि आशा गर्दछन् हिजोका वाचा नेता र जनता दुबैले भुलेकाछैनन् भनेर । प्रस्तुति जी एन शर्मा

प्रतिकृया दिनुहोस्