‘समाचार र विचारको
साझा चौतारी’





विश्व भलिबलको मुख्यालयमा कोपिलाको वृत्तचित्र


काठमाडौं – नेपाली महिला भलिबल खेलाडी कोपिला उप्रेतीको वृत्तचित्र अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीवी) को हेडक्वाटर स्वीट्जरल्यान्डको लजानमा सार्वजनिक गरिएको छ ।

उनको वृत्तचित्र बिहीबार राति सार्वजनिक गरिएको हो । एफआइभीवीका स्पोर्टस् डेभलपमेन्ट डिपार्टमेन्टका हितेश मल्होत्राले कोपिलो भिडियोबाट आफु प्रभावित रहेको र भिडियो निर्माण गर्ने प्रोजेक्ट भलिबल फर लाइफलाई सहयोग गर्ने बताएका छन् ।

कोपिलाले वृत्तचित्र सार्वजनिक दौरान एफआइभीवीका स्पोर्टस् डेभलपमेन्ट डिपार्टमेन्टका मल्होत्रासँगै एफआइभीवी टेक्निकल एन्ड डेभलपमेन्ट डिपार्टका प्रमुख स्टिभ टुटन र एफआइभीवी टेक्निकल एन्ड डेभलपमेन्ट डिपार्टकाडोनाटा ताड्दिया ह्युगोसँग भेट गरेका गिए । कोपिलाको वृत्तचित्र यसअघि २३ सेप्टेम्बरमा नेदरल्यान्डमा सम्पन्न युरोपियन च्याम्पियनसिप मेन्स भलिबल प्रतियोगिताको फाइनल दौरान सार्वजनिक गरिएको थियो ।

भलिबल फर लाइफ प्रोजेक्टमार्फत अर्नाे डि क्लोइट अफ क्रिएटिभ फाइभले कोपिलाको भिडियो निर्माण गरेका हुन् । भिडियो निर्माणका लागि नेदरल्यान्ड भलिबल फेडेरेसन (नेभोवो), डच मिनिस्ट्री अफ फरेन एफयर्स र नेपाल भलिबल संघले पनि सहयोग गरेको छ ।

यो कार्यक्रमको नेतृत्व (एफआइभीवि) का इन्स्ट्रक्टर लेभल ४ कोच लेस्ली डि जङ र लेभल ५ कोच रीता बुइकेमाले गरेका छन् ।भिडियोमा लामो समयमा महिला भलिबलमा बिताएको र ग्रामीण भेगबाट भलिबल सिक्दै राष्ट्रिय टोलीसम्म आइपुगेको तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको विषयलाई उठाइएको छ ।

यस भिडियो नयाँ पुस्तालाई खेलमा लाग्नको लागि थप प्रेरणा मिल्ने विश्वास कोपिलाको छ ।आफ्नै बारेमा बनाएको वृत्तचित्र सार्वजनिक गर्ने कार्यक्रमका लागि कोपिला ४ असोजमा त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।हाम्रो खेलकुदबाट साभार ।

कोपिलाको वृत्तचित्र :

Documentary : 'Volleyball for Life – Kopila Upreti'

Documentary : 'Volleyball for Life – Kopila Upreti'

Posted by HamroKhelkud.com on Friday, 4 October 2019

प्रतिकृया दिनुहोस्