‘समाचार र विचारको
साझा चौतारी’





रियलको जितमा हाजार्डको गोल


एजेन्सी – इडन हाजार्डले ला लिगामा पहिलो गोल गरेको खेलमा जिनेदिन जिदानको रियल म्याड्रि«ड विजयी हुँदै शीर्षस्थानमा रहन सफल भएको छ । करिम बेन्जिमा, हाजार्ड, लुका मोड्रिच र हामेस रोड्रिग्वेजले गोल गरेको खेलमा शनिबार रियलले ग्रानडालाई ४-२ ले हराएको थियो।

यो जितसँगै शीर्षस्थानमा रहेको रियलले स्पष्ट ४ अंकको अग्रता लिएको छ । बेन्जिमाले दोस्रो मिनेटमै गोल गरेर रियललाई अघि बढाएका थिए। चेल्सीबाट यसै सिजन रियल पुगेका हाजार्डले पहिलो हाफको अन्त्यमा गोल गरेपछि टोली २-० ले अगाडि बढ्यो ।

मोड्रिचले ६१ औं मिनेटमा गोल गरे । तर, ६९ औं मिनेटमा डार्विन माचिसले पेनाल्टीमा गोल फर्काए । ग्रानाडाका लागि ७७ औं मिनेटमा डोमिन्गोस डाउर्टेले गोल गरेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । इन्जुरी समयमा रोड्रिग्वेजले गोल गरेपछि रियलको जित निश्चत बनेको थियो ।hamrokhelkud

प्रतिकृया दिनुहोस्