मूल खबर

यसपालीको तिहारमा नेपालीले किने ६० करोडको बिजुली बत्ती

काठमाडौं– यस वर्षको तिहारमा नेपालले करिब ६० करोड रुपैयाँको विद्युतीय बत्ती आयात गरेको छ ।

तिहारका लागि मात्रै यसपटक चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो समय विद्युत कटौती (लोडसेडिङ) को समस्या नहुनु र विद्युतीय बत्तीप्रति मानिसहरुको बढ्दो आकर्षणका कारण यस वर्षको तिहारमा मात्रै ६० करोड रुपैयाँ बाहिरिएको हो । तिहारमा शहरी क्षेत्रमा मात्रै नभइ ग्रामिण क्षेत्रमा पनि विद्युतीय बत्तीको प्रयोग बढ्दा यसको आयातमा वृद्धि हुँदै गएको महासंघको भनाइ छ ।

परम्परागत ढंगको दियो र पालामा बत्ती बाल्ने संस्कार घढ्दै जाँदा विद्युतीय बत्तीको प्रयोग भने वृद्धि हुँदै गएको छ । यसका साथै विद्युतीय बत्तीले मैनबत्तीलाई पनि विस्थापित गर्दै लगेको छ ।

झिलिझिली बत्तीको चाड तिहारमा विद्युतीय बत्तीको आकर्षण बढेको देखिन्छ ।

पछिल्लो समय नेपालमा आयात भएका विद्युतीय बत्तीहरु कम बिजुली खपत गर्ने तथा टिकाउ पनि रहेकाले मानिसहरु आकर्षित भएको महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलको भनाइ छ ।

बजारमा न्युनतम ५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका बत्ती पाइने गरेको छ ।khabarhub.com/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button