भिडियो चौतारीमूल खबर

मेची किनारमा गर्जीए देशभक्त नेपाली (भिडियो)

मेचीनगर । भारतले पछिल्लो समय प्रकाशित गरेको आफ्नो राजनैतिक नक्शामा पश्चिम नेपालको लिपुलेक र लिम्पियाधुरा लगायतको नेपाली भु भागलाई आफ्नो नक्शामा समावेश गरे पछि नेपालभर यसको बिरोध भएकोछ । नागरिक स्तरबाट देशैभरि भईरहेको भारतीय हस्तक्षेपको बिरोधका क्रममा आज झापाको काँकरभिट्टा नागरिकले समेत भारत नेपालको सीमा मेचीपुलमै पुगेर भारतीय हस्तक्षेपको बिरोध गरेका थिए ।
काँकरभिट्टा नागरिक समाज काँकरभिट्टाको आयोजनामा भएको बिरोध ¥यालीमा स्थानिय नागरिक अगुवा, बिभिन्न दलका प्रतिनिधि , सर्वसाधरण र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । नेपालको राष्ट्रिय झण्डा सहितको जुलुषले काँकरभिट्टा बजार , देवकोटा पार्क हुदै नेपाल भारत सीमानाको मेची पुल सम्म पुगेर बिभिन्न नारावाजी गर्दै भारतीय हस्तक्षेपको बिरोध गरेको थियो । मेची सीमानाबाट जुलुष सहित आएको सो नागरिक समूहले काँकरभिट्टा बसपार्क क्षेत्रमा आएर कोण सभाका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेको थियो ।

उक्त कोण सभालाई राप्रपाका शुशिल आचार्यले देशभक्ति भावनाको गीत ‘ बनेको छ पहराले यो छाती मेरो भन्दै आफ्ना भनाई राखेका थिए भने सभामा ने क पा का युवा नेता राजु कार्की लगायतले सम्बोधन गरेका थिए । कोण सभाको संचालन ने क पा का स्थानिय नेता ज्ञानेन्द्र घिमिरेले गरेका थिए । जुलुषको अगुवाई स्थानिय नागरिक अगुवा दलका बिभिन्न दलका नेता डिल्लीराम घिमिरे, नेत्र कार्की , भुपाल शिवाकोटी, प्रितम काफ्ले, राजकुमार पराजुली, मोहनप्रकाश उप्रेती, बालकृष्ण थापा लगायतले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button