‘समाचार र विचारको
साझा चौतारी’





‘प्रेम संसार’ ट्रेलरमा प्रेम र विछोडको कथा (भिडियो)


फिल्मीखबर, काठमाण्डौ,

मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको राम गौतम निर्देशित लभस्टोरी फिल्म ‘प्रेम संसार’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमार्फत् फिल्मको मुल द्वन्द्व प्रस्ट्याउन खोजिएको छ । नव-अभिनेता प्रेम सोनी र नव-अभिनेत्री आयुष्मा कार्कीको प्रेममा आउने उतारचढाव फिल्म केन्द्रित छ । ट्रेलरमा दुईको प्रेम र विछोड देखाइएको छ ।

फिल्ममा प्रेम र आयुष्मासँगै कविता नेपाली, मोनिका दाहाल, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका कलाकारहरुको पनि अभिनय छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको कथा प्रेम बहादुर सुनार (गहतराज) ले लेखेका हुन् । भने, उनी फिल्मका निर्माता पनि हुन् । दिपेन बस्न्यातले फिल्म खिचेका हुन् ।

विवि अनुरागी र अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई प्रेम बहादुर सुनारले निर्माण गरेका हुन् । यसमा शंखर महर्जनको एक्सन छ । अभिनेता प्रेमले फिल्म राम्रो बनेका बताउँदै दर्शकलाई एकपटक हेरिदिन आग्रह गरेका छन् । प्रेम गर्ने जोडीको कथामा फिल्म बनेको उनको भनाई छ । अभिनेत्री आयुष्मा फिल्मलाई लिएर आफू उत्साहित रहेको बताउँछिन् ।

ट्रेलर हेर्नुहोस् :-

 

प्रतिकृया दिनुहोस्