‘समाचार र विचारको
साझा चौतारी’




लेवान्डस्कीको ४ गोलसँगै बायर्नको गोलवर्षा


एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित चार गोल गरपछि जर्मन क्लब बायर्न म्युनिखले युइएएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । बायर्नले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो जित निकालेको हो ।

वियोग्राडमा मंगलबार राति भएको खेलमा लियोन गोरेट्का र कोरेन्टिन टोलिसोले १-१ गोल गरे । एकपक्षीय खेलमा बायर्नले खेलको १४औं मिनेटमा लियोन गोरेट्काको गोलबाट अग्रता बनाएको थियो । ४१औं रोवर्ट लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट उक्त प्रयासले मान्यता पाएन ।

दोस्रो हाफमा लेवान्डोस्कीले १५ मिनेटको अन्तरमा ह्याट्रिकसहित चार गोल गरे । दोस्रो हाफमा बायर्न ५ गोल गर्न सफल भयो । रोवर्ट लेवान्डोस्कीले ५३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा लेवान्डोस्कीले टोलीसोको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ६४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गरे । उनलाई बेन्जामिन पाभार्डले असिस्ट दिएका थिए ।

६८औं मिनेटमा लेवान्डोस्कीले इभान पेरिसिचको पासमा अर्काे गोल गर्दा बायर्न खेलमा ५–० ले अघि बढेको थियो । ८९औं मिनेटमा टोलिसोले गोल गर्दै ६–० को फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘बी’ मा अपराजित रहेको बायर्नले च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बायर्नको ५ खेलबाट १५ अंक छ । बेलग्रेड ३ अंकसहित तेस्रो स्थानमा छ ।hamrokhelkud

प्रतिकृया दिनुहोस्