‘समाचार र विचारको
साझा चौतारी’





आमिरको ‘लाल सिंह चड्‌ढा’ मा साउथ स्टार विजय


एजेन्सी, मुम्बई,

अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्‌ढा’ मा साउथका सुपरस्टार विजय सेतुपतिको इन्ट्री भएको छ । उनले एक अन्तर्वार्तामा यो कुराको कन्फर्म गरेका हुन् । केही दिन अगाडि इन्डियन फिल्म फेस्टिवल अफ मेलबर्न (आईएफएफएम) मा उनले यो फिल्ममा काम गर्न लागेको जानकारी दिएका थिए । ‘लाल सिंह चड्‌ढा’ को छायांकन अहिले पञ्जाबमा भैरहेको छ ।

बलिउड फिल्म गर्ने विषयमा विजय भन्छन्, ‘मलाई तमिल र तेलुगुको अलावा अर्को इन्डस्ट्रीको फिल्ममा काम गर्न डर लाग्छ । भाषा ठूलो समस्या होइन, तर त्यस क्षेत्रको संस्कृतिलाई बुझ्न बढी महत्त्वपूर्ण हुन्छ । किनकि, कल्चरको मार्फत् नै हामी दर्शकसँग जोडिन्छौं ।’ आमिर र विजयका अलावा ‘लाल सिंह चड्‌ढा’ मा करीना कपूर र मोना सिंहको पनि प्रमुख भूमिका रहनेछ ।

साउथ स्टार विजय सेतुपतिले आमिर खानको बहुप्रतिक्षीत फिल्म ‘लाल सिंह चड्ढा’ मा एक महत्त्वपूर्ण भूमिका निभाउनेछन् । फिल्ममा आमिरले लिड रोल प्ले गर्नेछन् । भने, विजयले उनको बेस्ट फ्रेन्डको भूमिका निभाउने बताइएको छ । उनको चरित्र तमिल व्यक्तिको ब्याकग्राउन्डमा देखाउने तयारी भैरहेको छ । यो फिल्मबाट विजयले बलिउड फिल्ममा डेब्यू गर्नेछन् ।

‘लाल सिंह चड्ढा’ बलिउड फिल्म ‘फरेस्ट गम्प’ को आधिकारिक हिन्दी रिमेक हो । ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ । तर पनि उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ । तर, उसलाई प्रेमिकाले छाडेर जान्छिन् । टम ह्यांक्स स्टारर फिल्मले ओस्करको एक दर्जन नोमिनेशन पाएको थियो र ६ वटा ओस्कर अवार्ड जितेको थियो ।FLIMYKHABAR

प्रतिकृया दिनुहोस्