‘समाचार र विचारको
साझा चौतारी’





अवकाश लिने सोचमा अमिताभ बच्चन


एजेन्सी, मुम्बई,

७७ वर्षका अमिताभ बच्चनले अब फिल्मबाट अवकाश लिने मन बनाएका छन् । हालै बलिउड फिल्म इन्डस्ट्रीमा ५० वर्ष पूरा गरेका उनले आफ्नो ब्लगमा रिटायमेन्टतर्फ संकेत गरेका छन् । उनले लेखेका छन्, ‘अब मैले अवकाश लिनुपर्छ । दिमाग अरु नै केही सोचिरहेको छ भने औंलाले अर्कै सोचिरहेको छ । यो इशारा हो ।’ उनी लामो समयदेखि खराब स्वास्थ्यसँग जुधिरहेका छन् ।

अक्टोबर २०१९ मा फोक्सोमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही समय आराम गरेपछि उनले ‘कौन बनेगा करोडपति ११’ को छायांकन सुरु गरे । तर, यसपछि पनि उनी पटक पटक अस्वस्थ रहेको खबर बाहिरिएको थियो । ‘कौन बनेगा करोडपति ११’ को छायांकन सकिए लगत्तै उनी प्रतिक्षीत फिल्म ‘ब्रह्मास्त्र’ को छायांकनका लागि मनाली गएका छन् ।

मौसम खराब भएका कारण उनले सडक मार्गबाट नै चण्डीगढबाट मनाली जानु परेको थियो । त्यो १२ घण्टा लामो सफरबाट थकित भएपछि अभिनेता बच्चनले अवकाश लिने सोच बनाएका हुन् । यसअघि उनले लगातार फिल्म असफल भएपछि सन् १९८४ देखि १९८७ सम्म फिल्मबाट ब्रेक लिएका थिए । त्यसबेला उनी राजीव गान्धीलाई सपोर्ट गर्न राजनीतिमा उत्रिएका थिए ।

सन् १९८८ मा फिल्म ‘शहंशाह’ बाट फिल्ममा कमब्याक गरेका उनी सन् १९९२ सम्म लगातार फिल्ममा सक्रिय रहे । सन् १९९२ मा फिल्म ‘खुदागवाह’ को रिलिजपछि उनले फेरि पाँच वर्षको अवकाश लिए । त्यसपछि उनले सन् २००० मा फिल्म ‘मोहब्बते’ बाट बलिउडमा कमब्याक गरेका थिए । तबदेखि उनी अहिलेसम्म फिल्ममा सक्रिय छन् । ‘सात हिन्दुस्तानी’ उनको डेब्यू फिल्म थियो ।flimykhabar

प्रतिकृया दिनुहोस्