‘समाचार र विचारको
साझा चौतारी’




डेम्वेले १० साता मैदान बाहिर


एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा फ्रेन्च विङ्गर औसमाने डेम्वेले १० साता मैदान बाहिर रहने भएको छ । थाइ इन्जुरीका कारण डेम्वेलेले कम्तीमा पनि १० साता मैदान बाहिर रहने क्लबले जनाएको छ ।

च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा डेम्वेलेले चोट बोक्न पुगेका थिए । उनी खेलको २६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । अब उनी कम्तीमा पनि फेब्रुअरीसम्म मैदान बाहिर रहनेछ ।

२२ वर्षीय डेम्वेले बार्सिलोना आएसँगै लगातार चोटसँग जुधिरहेको छ । डेम्वेलेले यो सिजन मात्रै तीन खेलमा मात्रै खेलेका छन् । चोट बोकेसँगै डेम्वेलेले १८ डिसेम्वरमा हुने ‘एल क्लासिको’ सँगै अन्य महत्वपुर्ण खेल गुमाउनेछन् ।

डेम्वेले २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाटै बार्सिलोना आएका थिए । बार्सिलोना आएसँगै डेम्वेलेको यो नवौपटक ठुलो चोट बोकेको हो ।hamrokhelkud

प्रतिकृया दिनुहोस्