‘समाचार र विचारको
साझा चौतारी’





वडाध्यक्षको नतिजा : नेकपा र कांग्रेसले कहाँ गुमाए, कहाँ थपे ? (सूचीसहित)


१५ मंसिर, काठमाडौं । उपनिर्वाचन भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर अग्रता कायम राखेको छ ।

नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेर दोस्रो स्थानामा छ भने समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेर तेस्रो स्थानमा छ । राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ वडाध्यक्ष जितेको छ । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

उपचुनाव भएका ४३ वडामध्ये यसअघि तत्कालीन एमालेले जितेका २१ र माओवादीले जितेका २ समेत गरी २३ वडामध्ये नेकपाले ८ वडा गुमाएको छ । तर उसले यसअघि कांग्रेसले जितेका समेत गरी ८ वटै वडा जितेर आफ्नो संख्या कायम राख्न सफल भएको छ ।

नेकपाले यसअघि जितेकामध्ये  हिलिहाङ ७ पाँचथर,धनपालथाम २ मोरङ,हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अर्घाखाची, घोराही १६ दाङ, दोगडा केदार ४ बैतडी, पुर्चौडी ४ बैतडी गुमाएको छ ।

पहिले जितेका ८ वडा गुमाउँदा उसले त्यति नै संख्यामा नयाँ ठाउँमा जित निकालेको छ । नेकपाले उपचुनावमा नयाँ जित निकालेमा वडामा फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्द्रावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, थवाङ १ रोल्पा, मेल्लेख ५ अछाम, त्रिवेणी १ बाजुरा छन् ।

त्यस्तै नेपाली कांग्रेसले जितेका ठाउँमा उपचुनाव हुने १२ वडा थिए । तीमध्ये कांग्रेसले ८ वटा वडा गुमाएको छ । तर उसले नेकपा र राजपाले यसअघि जितेका वडामा नयाँ जित निकालेर ८ नयाँ वडा जितेर १२ स्थानमा आफ्नो विजय निकालेको छ ।

कांग्रेसले यसअघि जितेका फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२, इन्द्रवाती ८, बारागढी १ बारा, कोहलपुर ६, त्रिवेणी १ बाजुरा र मेल्लेख ५ अछाम गुमाएको छ ।

कांग्रेसले हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, गढीमाइ २ रौतहट (राजपा गुमायो), भरपुर १६ चितवन, मालारानी ३ अर्घाखाँची, घोराही १६ दाङ, पुर्चौडी ४, बैतडी, दोगडा केदार ४ बैतडीमा नयाँ जित निकालेको छ ।

यसअघि राजपाले जितेका ३ मध्ये २ वडा गुमाएको छ भने समाजवादीले ३ वटा वडा जितेर एक सिट थपेको छ ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ । यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

हेर्नुहोस् चुनावी नतिजा

क्र.सं. गापा/नपाका वडा उपचुनावमा विजयी दल २०७४ मा विजयी दल
१. हिलिहाङ-७, पाँचथर कांग्रेस नेकपा
२. फिदिम-१, पाँचथर नेकपा कांग्रेस
३. धनपालथान-२, मोरङ कांग्रेस नेकपा
४. खाँदबारी-३, संखुवासभा नेकपा नेकपा
५. धरान-७, सुनसरी नेकपा
६. साकेला-३, खोटाङ नेकपा नेकपा
७. पौवादुङ्मा-१, भोजपुर नेकपा कांग्रेस
८. छिन्नमस्ता-७, सप्तरी राजपा राजपा
९. कल्याणपुर-१२, सिरहा नेकपा कांग्रेस
१०. मटिहानी-६, महोत्तरी राजपा राजपा
११. बलवा-८, महोत्तरी समाजवादी
१२. बलवा-२, महोत्तरी कांग्रेस कांग्रेस
१३. गढीमाई-२, रौतहट कांग्रेस राजपा
१४. सखुवाप्रसौनी-५, पर्सा समाजवादी समाजवादी
१५. हरिपुर्वा-१, सर्लाही समाजवादी नेकपा
१६. बारागढी-१, बारा समाजवादी कांग्रेस
१७. उमाकुण्ड-५, रामेछाप नेकपा नेकपा
१८. खैरहनी-४, चितवन कांग्रेस कांग्रेस
१९. खैरहनी-५, चितवन कांग्रेस कांग्रेस
२०. भरतपुर-१६, चितवन कांग्रेस नेकपा
२१. धुलिखेल-२, काभ्रे नेकपा नेकपा
२२. दक्षिणकाली-३, काठमाडौं नेकपा नेकपा
२३. इन्द्रावती-८, सिन्धुपाल्चोक नेकपा कांग्रेस
२४. बढीगाड-२, बागलुङ नेकपा नेकपा
२५. सुन्दरबजार-२, लम्जुङ नेकपा नेकपा
२६. बुङ्दीकाली-५, नवलपरासी नेकपा नेकपा
२७. मालारानी-३, अर्घाखाँची कांग्रेस नेकपा
२८. ऐरावती-१, प्युठान नेकपा
२९. ऐरावती-२, प्युठान जनमोर्चा
३०. प्युठान नगरपालिका-२, प्युठान नेकपा नेकपा
३१. घोराही-१६, दाङ कांग्रेस नेकपा
३२. कोहलपुर-६, बाँके नेकपा कांग्रेस
३३. रुरु-६, गुल्मी नेकपा नेकपा
३४. थवाङ-१, रोल्पा नेकपा स्वतन्त्र
३५. शिवराज नपा- १०, कपिलवस्तु राजपा स्वतन्त्र
३६. कुमाखमालिका-५, सल्यान नेकपा नेकपा
३७. आदर्श-२, डोटी नेकपा नेकपा
३८. मेल्लेख-५, अछाम नेकपा कांग्रेस
३९. पुरचौडी-४, बैतडी कांग्रेस नेकपा
४०. दोगडा केदार-४, बैतडी कांग्रेस नेकपा
४१. सुर्नया-१ बैतडी कांग्रेस कांग्रेस
४२. पुनर्वास-३, कञ्चनपुर नेकपा नेकपा
४३. त्रिवेणी-१ बाजुरा नेकपा कांग्रेस

प्रतिकृया दिनुहोस्