‘समाचार र विचारको
साझा चौतारी’





कुन कुन क्षेत्रमा कुन आलु रोप्ने ? आउनुहोस् विज्ञले तयार पारेका महत्वपूर्ण बुदाहरु पढौं


“आलु गरीवहरुको साथी”
काठमाडौं । आलु बहूउपयोगि कन्दमूल अर्थात् तरकारी बाली हो । तरकारीको रुपमा प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलु पोषक र बलवर्द्धक खाध्य हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।

आलु चिसो मौसममा फष्टाउने वाली हो भने चिस्यान मुक्त मलिलो माटोमा राम्रो हुन्छ । यस वालीको नेपालमा धेरै महत्वपूर्ण स्थान छ, किनकी तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा यसको प्रयोग तरकारीको रुपमा प्रयोग गरिन्छ भने उच्च महाडी क्षेत्रमा खाद्यान्न र तरकारीका रुपमा प्रयोग गरिन्छ । आलुलाई सस्तो र गरीवहरुको साथीका रुपमा परिचित भएको छ । उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी आदि जातहरु छन् ।

१. आलु कस्तो मौसम र हावापानीमा हुने वाली हो ?

यो चिसो मौसममा फष्टाउने वाली हो । यो चिस्यान मुक्त मलिलो माटोमा राम्रो हुन्छ। तापमानको हिसावले १५–२० डि.से.तापक्रम भएका स्थानमा आलु खेती सफलतापूर्वक गर्न सकिन्छ ।

२. आलुवालीको नेपालमा महत्व के रहेको छ ?

यस वालीको नेपालमा धेरै महत्वपूर्ण स्थान छ किनकी तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा यसको प्रयोग तरकारीको रुपमा प्रयोग गरिन्छ भने उच्च महाडी क्षेत्रमा खाद्यान्न र तरकारीका रुपमा प्रयोग गरिन्छ । आलुलाई सस्तो र गरीवहरुको साथीका रुपमा परिचित भएको छ ।

३. आलुलाई कुन कुन रुपमा प्रयोग गरिन्छ रु यसमा मुख्यत कुन–कुन खाद्य तत्वहरु पाईन्छन?

आलुलाई ताजा रुपमा तरकारी तथा खाद्यान्नको रुपमा प्रयोग गरिन्छ भने यसवाट प्रशस्त प्रशोधित परिकारहरु तयार गरिन्छ र लामो अवधि र टाढा–टाढा सम्म ढुवानी गरी लान सकिन्छ। यसमा २०.६ प्रतिशत कार्वोहाइड्रेट, २.१ प्रतिशत प्रोटिन, ०.३ प्रतिशत चिल्लो पदार्थ, १.१५ रेशा र ०.९५ भष्म पाइन्छ । यसमा एमिनो अम्ल पनि प्रशस्तमात्रामा पाईन्छ ।

४. नेपालको मध्यपहाडी क्षेत्रमा लगाउन सकिने जातहरु कुन–कुन हुन् ?

नेपालको मध्य पहाडी क्षेत्रमा लगाइने जातहरुमा डिजिरे, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी आदि जातहरु हुन् ।

५. नेपालको उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिन सक्ने जातहरु कुन–कुन हुन् ?

उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरुमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो–१, खुमल लक्ष्मी आदि जातहरु छन् ।

६. यसलाई खाद्यान्नको रुपमा पनि लिइन्छ किन ?

प्रथमतः यसमा २०५ भन्दा वढी कार्वोहाईड्रेड पाईन्छ र उच्च पहाड जहा अन्य खाद्यन्न वाली लगाउन सकिन्न वा राम्रो उत्पादन लिन सकिदैन त्यस्तो ठाउँमा पनि आलु खेति गरिन्छ र चामलको सट्टामा प्रयोग गरिन्छ ।

७. वीउ आलु प्लट छनौट गर्दा के–के कुरामा ध्यान दिनु पर्दछ ?

वीउ आलु प्लट छनौट गर्दा लामो अवधिको वाली चक्र अपनाएको, असल वीउवाट मात्र वीउ उत्पादनको शुरुवात गरिएको कीराको प्रकोप नहुने स्थान, भाइरस रोगको शंका लागेका र वेजातका वोटहरु हटाईएको स्वस्थ स्थान छनौटमा ध्यान दिनु पर्दछ ।

८. आलुमा स्वस्थ श्रोत वीउ भन्नाले के वुझिन्छ ?

आलुमा स्वस्थ श्रोत वीउ भन्नाले वीउवाट सर्ने रोगहरु जस्तैः भाइरस, खैरो पिपचक्रे ऐेजेरु, कालो खोष्टे आदि रोग रहित संझनु पर्दछ ।

९. आलु रोप्नु भन्दा १५–२० दिन अगावै वीऊ आलुको व्यवस्था गरिसक्नु भनिन्छ किन ?

वीउ आलु रोप्नु भन्दा अगाडी राम्ररी टुसाएको आलु रोप्नको लागि १५–२० दिन अगावै आलु वीउको व्यवस्था गर्न जरुरी हुन्छ ।

१०. आलु लगाउनु र रोप्नु भन्दा पहिले जग्गाको तयारी कस्तो हुन जरुरी छ ?

आलु माटोमुनि फल्ने र यसका जराहरु कमजोर हुने हुँदा खेतवारीलाई गहिरो जोतेर ढुङ्गा तथा झारपात हटाई डल्ला फुटाएर माटो बुरवुराउदो वनाएर मात्र वीउ रोप्नु पर्दछ ।

११. आलु खेतीमा अन्य वालीभन्दा वढी मलखादको आवश्यकता पर्दछ किन ?

आलु खाद्य तत्व वढी शोषण गर्ने वालीमा पर्दछ । यसलाई अन्नवाली तथा कोसेवाली भन्दा वढीनै मलखादको व्यवस्था गर्नुपर्दछ । राम्रो उत्पादन लिनको लागि १०००–१५०० के.जी. कम्पोष्ट, ११ के.जी. डी.ए.पी., ७ के.जी. यूरिया तथा ५ के.जी. म्यूरेट अफ पोटास को आवश्यकता हुन्छ।

१२. नेपालको तराई तथा भित्री मधेश क्षेत्रलाई सिफारीस गरिएका जातहरु कुन–कुन हुन् ?

नेपालको तराई तथा भित्रि मधेशको लागि सिफारीस गरिएका जातहरुका मूख्यतः कुफ्रि ज्योति, सिन्दुरी आई.पी.वाई.–८ हुन तर खुमल रातो–२ लगायतको अरु स्थानीय जातहरु पनि लगाईन्छ ।

१३. आलुका स्थानीय जातहरु ऐजरु तथा डढुवा रोग सहन गर्न नसकेता पनि कृषकहरुले रुचाई रहेका हुन्छन् यसको रहस्य के हो ?

स्थानीय जातहरुमा डढुवा, ऐजरु जस्ता रोग सहन सक्ने क्षमता नरहेता पनि कृषकहरुले यी जातहरुको खेती गरिरहेका छन्।किनकी यिनीहरुमा मीठो स्वाद, राम्रो भण्डारण क्षमताको साथै कम मलिलो माटोमा पनि उत्पादन दिने विशेष गुणहरु मौजुद रहन्छन् ।

१४. आलु खेती गर्दा वाली चक्र अपनाउन किन जरुरी हुन्छ रु वाली चक्रमा कुन–कुन वाली लागउनु उपयुक्त हुन्छ ?

आलु खेती गर्दा वाली चक्र पद्धति अपनाउनु जरुरी हुन्छ किनकी माटोबाट सवै रोगहरु जस्तै खैरो पिपचक्के जस्ता रोगहरु फैलन गएमा वर्ष भित्रै आलु खेती सखाप हुन्छ । वाली चक्रकै रुपमा धान तथा कोसे वालीहरु लगाउन उपयुक्त मानिन्छ । आलु वाली परिवारमा पर्ने वालीहरु वाली चक्रमा लगाउन हुँदैन ।

१५. आलुको खैरो पिप चक्रे रोग फैलने श्रोत के के हुन् ? यो कस्तो अवस्थामा वढी फैलिएर जान्छ र कसरी व्यवस्थापन गर्न सकिन्छ?

यो व्याक्टेरियाको कारणवाट उत्पन्न हुने रोग हो । यो फैलने मूख्य श्रोत भनेको रोगी आलुको संसर्ग यस परिवारका विरुवाका अवशेष तथा माटो नै हो।यो रोग लागेपछी डाठँहरु औइलाएर निष्कन्छ।यसको व्यवस्थापनको लागि यस परिवारहरुका धान, मकै, गँहु, जौ जस्ता वालीले वाली चक्र अपनाउने, निरोगी वीउ मात्र लगाउने, वीउ आलु नकाटी सँगै लगाउने गर्नु पर्दछ।

१६. नेपालमा देखापरेका भाइरस रोगहरु कुनु–कुन हुन् ? यी रोगहरु लाग्नबाट वच्न के सावधानी अपनाउनु पर्दछ?

आलु वालीमा विभिन्न किसिममा भाइरस रोगहरु देखापर्दछन्ः पात दोव्रिने, हल्का मोजाईक र कडा मोजाईक भाइरस आदि । यी रोगहरुवाट वच्नको लागि भाइरस मुक्त वीउ आलु लगाउने, लाइ कीराको पूर्ण नियन्त्रण गर्नु पर्दछ । खुम्रेले आहार विहार गर्ने वनस्पति पहिचान गरी नष्ट गर्ने, तरकारी वालीका विभिन्न् समूह मिलाएर लगाउने जस्तैः प्याज, लसुन, धनियाँ तथा अन्य विधिवाट संभव नभएको खण्डमा क्लोरीपाईरीफस जस्ता विषादीहरु २–३ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नु पर्ने हुन्छ ।

१७. आलुमा लाग्ने रातो कमिला नेपालको कुन क्षेत्रमा वढी व्यापक छ रु यसको कस्तो अवस्थामा वढी आक्रमण गर्दछ ?

आलुमा लाग्ने रातो कमिलाले नेपालको तराई देखि उच्च पहाड सम्मनै क्षति पुर्याँउछ । यी कीराहरुले आलु वाहेक सखरखण्ड, मूला, गाँजर, सलगम आदिमा पनि क्षति गर्दछन् । सिचाई नहुने सुख्खा जमीनमा यिनीहरुले वढी नोक्सानी गर्दछन् । यिनीहरु गोला वनाई वस्दछन् र गोलावाट निस्की कर्मी कमिलाले माटो मुनिनै वसेर जरा तथा आलुका दानाहरु खाई नोक्सान पुर्याउँछ ।

१८. नेपालमा स्थानीय रुपमा प्रसिद्धि पाएका जात तथा लगाईएका क्षेत्रहरु कुन कुन र कहाँ कहाँ छन् ?

स्थानीय रुपमा प्रसिद्धि पाएका जात तथा क्षेत्रहरु

१. सरकारी सेतो – पूर्वी पहाड

२. थारु लोकल – मध्य तथा पश्चिम तराई

३. जुम्ली लोकल – मध्य पहाड र पश्चिम पहाड

४. काठमाडौँ लोकल – काठमाडौँ उपत्यका

५. स्याङ्ग दोर्जे – पूर्वी पहाड

१९. वीउ आलु कसरी उत्पादन गरिन्छ ?

आलु खेती वारे साधारण जानकारी भएका कृषकहरुलाई वीउ प्लट प्रविधि थाहा भएमा उनीहरुले आफ्नो लागि आफै वीउ उत्पादन गर्न सक्तछन् । वीउ प्ल्ट प्रविधि भन्नाले खाने आलु रोप्ने ठाउँ भन्दा छुट्टै र वीउवाट सर्ने रोग नियन्त्रणका लागि सावधानी अपनाएर खेती गर्नु पर्दछ ।

२०. खायन आलु र वीउ आलु उत्पादन प्रविधिमा के फरक छ ?

खायन आलु उत्पादन गर्दा भौगोलिक क्षेत्र, घुम्ती वाली प्रणाली, रोप्ने दूरी, रोग कीराको व्यवस्थापनमा वढी ध्यान नदिए पनि जति उत्पादन हुन्छ त्यति उपभोग गर्न सकिन्छ । तर वीउ आलु उत्पादन गर्दा वीउ वाट रोग फैलने, ठीक साईजको हुनु पर्ने कारणले उल्लेखित कुराहरुमा विशेष ध्यान पुर्यागउनु पर्दछ ।

२१. आलु खेती गर्दा सिचाईले कतिको महत्व राख्दछ र वाली अवधिमा कति पटक सम्म सिचाई गर्न जरुरी हुन्छ ?

आलु खेती गरिने जात, सूर्यको प्रकाश, आद्र्रता तथा उत्पादन गर्ने समयले पानीको मात्र निर्धारण गर्दछ।विशेषतः आलु रोप्नु अगाडी एक पटक, त्यान्द्राको विकास हुने वेलामा एक पटक माटो चढाएपछि एक पटक गरी कम्तीमा ३ पटक तर मौसम हेरी वढी पनि गर्न पर्ने अवस्था आउन सक्दछ ।

२२. आलु वालीमा गोडमेलको साथै उप्केरा लगाउन किन जरुरी हुन्छ ?

आलु वालीमा गोडमेल तथा उप्केरा लगाउँदा माटोमा हावाको संचार राम्रो हुन्छ । माटो हलुका हुन्छ र नयाँ आलुका दानाहरु विना अवरोध वढ्न पाउँछन् । नयाँ दानाहरुलाई घामको प्रकाश वाट वचाउन सकिन्छ आलुका त्यान्द्राहरु नछोपिएमा दानाको सट्टा वोटको विकास भएर जाने हुँदा गोडमेल तथा उप्केरा गराउन जरुरी हुन्छ ।

२३. आलु वालीमा छापोरमल्चिङ्ग किन र कसरी गरिन्छ ?

आलु वालीमा चिस्यान कायम गरी छिट्टै झारपात नआओस भन्नका लागि मल्चिङ्ग गरिन्छ । आलुको वीउ रोपी सकेपछि पराल, खर वा अन्य जंगली झारपातले माथिबाट छोपी दिनु पर्दछ र आलु गोडमेल गर्ने वेलामा मल्चिङ्ग हटाई गोड्ने, उप्केरा लगाउने काम गर्नु पर्दछ ।

२४. आलु खन्नु भन्दा पहिले गरिने हाम्पुलीङ्ग भनेको के हो र किन गरिन्छ ?

आलुमा हाम्पुलिङ्ग भन्नाले आलु खन्नु भन्दा १०–१५ दिन अगाडी वोटहरु उखेल्ने अथवा काट्ने गरिन्छ।यसरी खन्नु अगाडी गरिने विधिले वनस्पतिक वृद्धि रोकिन गई माटो भित्रका आलुरबोक्रा छिपिन्छन् र भण्डारण गर्दा लामो सम्म राख्न सकिन्छ जसले गर्दा यसलाई लेक (२००० मिटर माथि) उत्पादन गर्दा भाइरस रोगको संक्रमणवाट जोगाउन सकिन्छ । यसले विउवाट सर्ने रोगहरु नियन्त्रण गर्न सहयोग गर्दछ ।

२५. भाइरस मुक्त वीउ आलु कसरी उत्पादन गर्न सकिन्छ ?

धेरै वर्ष सम्म एउटै वीउ र नजीककै स्थानमा उत्पादन गर्दा भाईरस रोगको संक्रमण वढ्दै जान्छ । यसवाट वच्नको लागि अनुसन्धान केन्द्रहरुमा उत्पादीत टिस्यू कल्चर तथा आलुको वीयाँ (TPS) वाट उत्पदित वीउरवेर्नावाट खेती भाइरसमुक्त वीउ आलु उत्पादन गर्न सकिन्छ।

२६. आलु वालीको शत्रु ऐजेरु रोग नलाग्ने जातहरु कुन कुन हुन् ?

ऐजेरु रोग आलुको निकै खतरनाक रोग हो । हाल यस रोगको अवरोधक जातहरु विकसीत भएका छन् जो यस प्रकार छन्ः कुफ्रिज्योति, खमल सेतो–१, जनकदेव, डेजिरे आदि ।

२७. आलुको भण्डारण प्रविधि के के छन् ?

आलुको भण्डारण साधारणत तीन किसिमवाट गर्न सकिन्छ । छोटो अवधिको लागि अँध्यारो कोठामा तर हावा संचार हुने गरी, जिरो इनर्जिको रष्टिक स्टोरमा र शित भण्डारमा २–४ डि.से. तापक्रममा र ८५–९०% आर्दतामा ६–८ महिना भण्डारण गर्न सकिन्छ ।

२८ आलुको डढुवा रोग भन्नाले के बुझिन्छ ? यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

आलुको डढुवा रोग ढुसीको कारणले उत्पन्न हुन्छ । शुरुमा खैरो काला दागहरु पातमा देखा पर्दछन् । केहि दागहरु फैलिदैँ डाँठसम्म पुगी कालो भई वोटै मर्दछ र दानामा समेत असर गर्दछ । यसको व्यवस्थापन गर्न रोग ग्रस्त क्षेत्रमा उत्पादित वीउ प्रयोग नगर्ने, रोग अवरोधक जातहरु एच.पी.एस. २/६७, १/१३, ७/६७ तथा खुमल रातो–२, खुमल सेतो–१, एन.पी.आई १०६ र रोग लाग्ने वातावराण देखिएमा इन्डोफिल एम–४५, क्रिनोक्सील गोल्ड १–२ ग्राम प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

२९. आलुको डढुवा रोग नेपालको कुन क्षेत्रमा वढी फैलन्छ ?

यो रोग चिसो आर्दता जलवायु भएको समयमा फैलिन्छ । वायुमण्डलको तापक्रम १०–१५ डि.से. र सापेक्षिक आर्दता ८०% भन्दा वढी भएमा यो रोग नेपालको तराई, भित्रि मधेश, पहाड जुनसुकै स्थानमा पनि फैलन सक्तछ ।

३०. आलुको खैरो पिप चक्के रोग लागेको जमीनमा फेरी यो रोग नलागोस भन्नका लागि केहि उपाय छन् कि ?

यो रोग नलागोस भन्नका लागि लामो घुम्ती वाली चक्र पद्धति अपनाउन राम्रो हो तर दुषित माटोलाई उपचार गर्नको लागि १०% फर्मा्लिनको झोलले करीव १ फीट सम्म भिजाई प्लाष्टिकले हावा नपस्ने गरी १ हप्तासम्म छोपिदिँदा यसका जीवाणुहरु मर्दछन् र रोग लाग्ने सम्भावना कम हुन्छ।

३१. आलुको ऐँजेरु रोग कसरी फैलन्छ र यसबाट वच्न कुन–कुन विधि अवलम्वन गर्न सकिन्छ ?

यो ढुसीको मध्यमवाट फैलने रोग हो । यो रोग लागि सकेपछि यसका जीवाणु माटोमा १०–१५ वर्ष सम्म वाँच्न सक्दछन् । यो रोग आलुको जरा वाहेक यसको छाना, त्यान्द्रा तथा डाँठहरुमा अनावश्यक वृद्धि भई काउलीको फूल जस्तो देखिन्छ । यसवाट वच्नको लागि दुषित क्षेत्रमा उत्पादीत वीउ नलगाउने, लामो घुम्ती वाली चक्र अपनाउने तथा रोग अवरोधक जानको खेती गर्ने जस्ता विधिहरु अपनाउन सकिन्छ ।

३२. कालो खोप्टे रोगवाट वच्न कुन रसायनले वीउ उपचार गर्न वढी लाभदायक हुन्छ ?

यो ढुसीजन्य रोग हो । यस रोगले आलुको वोक्रामा साह्रा–साह्रा काला खोप्टाहरु देखिन्छन् र उम्रन लागेका मुनाहरु मर्दछन् । यसको व्यवस्थापनका लागि डोरालसील ५०५ धुलो विषादी १–१.५ % ग्राम प्रति लिटर पानीमा वा ३ % वोरिक एसिडको घोलमा ५–१० मिनेट डुवाई फिजाएर रसाउन दिनु पर्दछ ।

३३. आलुको पुतलीले कसरी नोक्सानी पुर्या।उँदछ रु यसको व्यवस्थापन विधि के के छन् ?

यस कीरालाई आलुका जोताहा पनि भनिन्छ । यसको शरीर कैलो तथा अघिल्ला पखेटाहरु काला तथा पहेँला दागहरु हुन्छन् । यसको व्यवस्थापनको लागि कीरा लागेका दागहरु खाल्डोमा गाडि दिने, आलुका भाले पुतलीलाई पी।टी।एम। प्यारा फेरोमोन यौन आकर्षण प्रयोग गर्ने, भण्डार गर्दा जमीनमा लसुन, प्याज, भटमास जस्ता वाली लगाएमा रोकथाम गर्न सकिन्छ ।

३४. आलुको फेद काट्ने कीराबाट वच्ने उपाय के छ ?

यस कीराले जमीनमुनी वसी आलुलाई क्षति पुर्या उँदछ । यसले चिस्यान भएको ठाउँमा भन्दा सुख्खा र ओसिलो जमिनमा फूल पार्दछ र पछि गएर वढी क्षति पुर्याउउँदछ। यसको व्यवस्थापनको लागि वयस्क पुतलीहरु वत्तीमा आकर्षित हुने हुँदा वत्तीको पासो थाप्ने, काँचो गोवरको प्रयोग गर्नु हुदैन ।

३५. रातो कमिला व्यवस्थापनको उचित तरीका के होला ?

यसको उचित व्यवस्थापन हेतु राम्ररी कुहिएको (पाकेको) गोवर मल मात्र प्रयोग गर्ने जमीनमा सिचाई गरी चिस्यानको मात्रा कायम राखी राख्ने, आलु रोप्नु अगाडी तीतेपाती, केतुकी, वनमारा असुरो आदिका टुक्राहरु डयाङ्ग राखी दिन, गाईको गहुतमा छ भाग पानी मिसाई जरा भिजाउने तथा आलुमा गाजर मिसाई खेती गर्नु पर्दछ ।

३६. वीउ आलु उत्पादन गर्दा रोप्ने वेलामा आलु काट्नु हुँदैन किन ?

सकेसम्म वीउ तथा खायन आलु रोप्दा खेरी आलु काट्नु हुँदैन किनकी घाउ लागेको ठाउँवाट जीवाणु, विषाणु तथा शुक्राणुहरु प्रवेश गर्न सजिलो हुन्छ । विशेषगरी खैरो पिप चक्के रोग सजिलै सर्ने हुन्छ।

३७. रष्टिक स्टोर भनेको के हो ? यसको प्रयोग कुन भौगोलिक क्षेत्रमा गरिन्छ ?

रष्टिक स्टोर भनेको विना विजुली (शून्य शक्ति) प्रयोग गरी आलु केही समय राख्ने गरी वनाएको भण्डारण घर हो।यस्तो भण्डार मध्य मध्यपहाडको उपल्लो उत्तरतर्फ मोहडा भएको जमीन र उच्च पहाडी क्षेत्रमा प्रयोग भई आएको छ ।

३८. आलु बीयाँबाट कुन कुन तरीका अपनाई आलु खेती गर्न सकिन्छ र नेपालमा कुन तरीका प्रचलित छ ?

आलुको बीयाँवाट तीन तरीकाले खेती गर्न सकिन्छ । पहिलो तरीका हो आलुका विया पातलो गरी रोप्ने र त्यसैलाई छाँटी, गोडमेल मलजल गरी उत्पादन लिने भने दोस्रो आलुका बीयाँ काउली, बन्दाको जस्तै र्नसरीमा उमार्ने तथा तीनै वेर्ना मूख्य खेतीवारीमा सारी घुमाई उत्पादन लिने तथा तेस्रो तरीकामा एक वर्ष वाक्लो रोपेर मिनी ट्युवर उत्पादन गरी तीनै मिनीट्यूवर रोपी आलु उत्पादन गर्न सकिन्छ ।

३९. आलुको बीयाँ नेपालको कुन कुन स्थानमा उत्पादन गरिन्छ रु र यसको उत्पादन प्रविधि कस्तो छ ?

आलुको बीयाँ हाल सम्म सर्लाहीको उष्ण प्रदेशिय वागवानी केन्द्र तथा सिन्धुपाल्चोकको न्यूक्लियस वीउ आलु केन्द्र तथा केन्द्रको आसपासमा केही अनुभवी कृषकहरुले उत्पादन गर्दै आएका छन् । यसमा आलुका भाले र पोथी जातहरु एउटै ल्पटमा हुर्काई भाले वोटको फूलहरु पोलन (भाले अँग) झिकी हाते सेचन क्रिया गरी उत्पादन गरिदै आएको छ । तराईमा हिउँदे मौसममा गर्नु परेकोले छुट्टै भेरी लाईटको व्यवस्था गर्नु पर्ने हुन्छ ।

४०. राम्ररी व्यवस्थापन गरी खेती गरिएको प्रति रोपनी जमीनबाट कति सम्म उत्पादन लिन सकिन्छ ?

आलुको उत्पादनरउत्पादकत्व जमीनको उर्वरा शक्ति व्यवस्थापन तथा लगाईएको जातम फरक पर्दछ । औसतमा भन्नु पर्दा १५–४० मे.टन प्रति हेक्टर उत्पादन भएको पाइएको छ ।

४१. वोक्रा हरिया भएका आलु खाएमा स्वास्थ्यको लागि हानिकारक हुन्छ किन ?

आलु भण्डारण गर्दा उज्यालो कोठामा भण्डारण गरियो भने वोक्राको रंग हरियोमा परिणत हुन्छ र त्यसका विभिन्न रासायनिक प्रकृयावाट भएको हुँदा मानिसको स्वास्थ्यको प्रतिकुल हुन्छ।

४२. आलु कस्तो ठाउँमा भण्डारण गर्दा राम्रो हुन्छ ?

आलुलाई अँध्यारो तर स्वच्छ हावा संचार हुने कोठामा भण्डारण गर्नु पर्दछ । यो तरीका घरायसी हो तर व्यवसायिक हिसावले शक्ति भण्डारमा २–४ डि. से. तापक्रम तथा ८०–९०% सापेक्षित आर्दतामा भण्डारण गर्नु पर्दछ ।

४३. प्रि-वेसिक वीउ आलु भनेको के हो र यो किन उत्पादन गरिन्छ ?

प्रि-वेसिक वीउ आलु भनेको प्रयोगशालामा भाइरस रोगमुक्त पारिएका आलुका वेर्नाहरु टेस्ट ट्युवमा तयार गरी वातावरण अनुकुलित ग्लास हाउस (सिसाको घर) भित्र रोपी स–साना आलु दान (मिनी ट्युवर) उत्पादन गरिन्छ जसलाई प्रि९वेसिक वीउ आलु भनिन्छ । यसको मूख्य उद्देश्य जातीय गुण कायम गरी उत्पादन क्षमता कायम गर्नु हो ।

४४. आलुको मूल वीउ भनेको के हो र यसको उत्पादन कसले गर्दछ ?

आलुको मूल वीउ प्रि–वेसिक वीउ आलुवाट उत्पादन गरेको पहिलो पुस्ताको वीउ हो । यस्तो वीउ सरकारी फार्म तथा रजिष्ट्रड निजी वीउ उत्पादक कृषकहरुले उत्पादन गर्दछन् ।

४५. आलुको पुतलीले संचित आलुमा कसरी क्षति पुर्याऊछ ?

वयस्क पुतलीले आलुको आँखा वा घाउ लोगको ठाउँमा फूल पार्दछ । सोही ठाउँमा लार्भा उत्पन्न भई दाना भित्र पस्दछन् र सुरुङ्ग खनी गुदी खान थाल्दछन् । फलस्वरुप आलु भण्डारण गरेको ठाउँमा काठको खस्रो विष्टाका कारण थुप्रिन थाल्दछन् र आलुका दानाहरु चाउरिँदै जान्छन् । यसरी आक्रमण भएका आलु पुर्णतः खान योग्य हुँदैनन् ।

४६. आलुमा लाग्ने खुम्रे कीराको क्षतिको प्रकार कस्तो हुन्छ र कस्तो माटोमा वढी क्षति पुर्यागउँछ ?

खुम्रेकीराको वयस्क र लार्भा दुवैले वालीलाई नोक्सान पुर्याथउँदछन् । वयस्कले मुना र कलीला पात खाएर र लार्भाले माटो भित्र वसेर आलुका दाना एवं जरा खाएर नोक्सान गर्दछन् । वयस्कले चिसो, ओसिलो तर पानी नजम्ने ठाउँ मन पराउँदछ।खुकुलो तथा दोमट वलौटे माटोमा यिनीहरु वढी सकृय रहन्छन्।हलोखबर

प्रतिकृया दिनुहोस्