विचार

आधुनिक समाजवाद र हाम्रो भूमिका

संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा पनि यतिखेर एउटा गम्भीर बहसको थालनी भएको छ । के संसदीय व्यवस्थाले सर्वथा जनताको हित गर्दछ त ? निर्वाचनको माध्यमद्धारा छानिने जननिर्वाचित प्रतिनिधिहरुले जनताको जीवनस्तर वृद्धिका लागि कतिसम्म गर्न सक्दछ ? के–के काम गर्न सक्दछ ? के एक्लो ती प्रतिनिधिहरुबाट ती कामहरु सम्भव छ त ? सबै जनताको विकासको ठेक्का लिन ती प्रतिनिधिहरु सक्षम छन् त ? या अन्य विकल्प हुन सक्दछ त छलफल जरुरी छ । विश्वलाई हेर्ने हो भने पनि शासन व्यवस्था निरन्तर परिवर्तन हुने तत्व हो देश, काल परिस्थिति अनुसार व्यवस्थाहरुमा परिवर्तन, परिमार्जन त कतिपय अवस्थामा नयाँ सृजना गर्न जरुरी छ । आदिम समाजबाट आज आधुनिक समाजमा आइपुग्दासम्म धेरै परिवर्तनहरु भएका छन् । कतिपय परिवर्तनहरु मानव हितको पक्षमा छन् भने कतिपय परिवर्तनहरु मानवको हितमा छैनन् । तर, पनि परिवर्तन निरन्तर रुपमा भइरहेको छ ।

सम्पूर्ण ब्रम्हण्ड आफंैमा स्थायी छैन । यो पनि निरन्तर गतिशिल तथा निश्चित समयपछि सबैको औचित्य समाप्त हुन्छ नै, सोही अनरुप अब हामीले पनि हाम्रो व्यवस्थालाई परिवर्तन गर्नुपर्ने बेला भएको छ । पूँजीवादी व्यवस्थाले निश्चित मानिसहरुको मात्र हित गर्दछ भन्ने कुरामा कुनै विमति अब कसैमा रहेन । नेपालीहरुको प्रतिव्यक्ति आय अहिले ११०० को हाराहारीमा छ । तर, वास्तवमा भन्ने हो भने त्यो वास्तविक तथ्यांक होइन, त्यो त सम्रगबाट निकालिएको एउटा गणितिय तथ्यांक मात्र हो । अझै पनि २० प्रतिशत मानिसको हातमा ८० प्रतिशत श्रोत साधन कब्जामा छ र यही व्यवस्था अनुरुप जाने हो भने त्यो अझै हजारौं वर्षसम्म निरन्तर रुपमा जाने छ । आम जनता श्रोत साधनमाथिको पहँुचमा पुग्न असम्भव नै देखिन्छ । सबै पृथ्वीमा भएको श्रोत साधनमाथि आधिपत्यता कायम गरेको छ । जसका कारण निम्न मध्यमवर्गीय अझ पछाडि परिरहेको छ ।

सम्पतीको असमान वितरणले गर्दा कोही मानिस जन्मँदै करौडौं सम्पतीको धनीको रुपमा जन्मन्छ । उसले सोही अनरुपको उपभोग गर्दछ भने कोही मानिस खानै नपाएर भोक–भोकै मर्ने अवस्थाको सृजना भएको छ । कोही आरामदायी विद्यालय, विश्वविद्यालय तथा तमाम प्रकारका विलासिताका वस्तुहरु उपभोग गर्दछन् भने कसैको जन्मकै आधारमा अत्यन्तै न्यून स्तरको जीविका चलाउन बाध्य भएका हुन्छन । त्यही भएर त होला हामीले जन्मको आधारमाभन्दा पनि कर्मको आधारमा राज्य व्यवस्था सञ्चालन गर्नुपर्छ भनेर राजतन्त्र फ्याक्याँै, लोकतन्त्र÷गणतन्त्र ल्यायौं । तर, पनि आम जनताले ती व्यवस्थाहरुको अनुभूति गर्न पाएनन् । समाजमा रहेका तमाम विभेदहरुलाई अन्त्य गर्न वर्तमानमा रहेको व्यवस्था प्रणालीले काम गर्दैन । यो सर्व स्वीकार्य भइसक्यो । यसमा केही सुधार होला तर, यसबाटै हुने परिवर्तन भने सम्भव छैन । त्यसकारण अबका पुस्ताले नयाँ, एकदमै नयाँ व्यवस्था ल्याउनुपर्दछ । त्यो व्यवस्था केवल काल्पनिक नभएर सबैलाई हुने खालको हुन्छ । केवल सपनाको रुपमा नबुझेर यसलाई कर्मको रुपमा बुझेर कार्य गर्ने हो भने छिटोभन्दा छिटो यो व्यवस्था आउन सक्दछ । त्यो व्यवस्था हो, आधुनिक वैज्ञानिक व्यवस्था । काल माक्र्स, हुन् या लेनिनले आफ्नो कालमा जसरी ब्याख्या गरेका छन् । उनीहरुको समयमा त्यो नै शत प्रतिशत थियो तर, आज आएर पृथ्वीमा भएको विज्ञान प्रविधिको विकासले गर्दा धेरै कुराहरु फेरिएका छन् ।

अबको केही वर्षभित्रमा पृथ्वीनै ध्वस्त हुने कुराहरु वैज्ञानिकहरुले बताइरहँदा त्यसलाई बचाउनका निम्ति या अझ लामो जीवन दिनका निम्ति हामीले अब पनि कार्यहरु गरेनांै भने सम्पूर्ण मानव अस्तित्वनै धरापमा पर्दछ । मानिसको बीउसम्म जोगाउन नसक्ने अवस्थामा हामी पुग्दछौं । बढ्दो शहरीकरण, बढ्दो अव्यवस्थित यातायात, वायु प्रदूषण, जल प्रदूषण, खाद्यान्नमा समस्याका कारणले पनि मानव जीवनलाई संकटमा पारेको छ । एउटा गाडीले काम गर्ने ठाउँमा हामीले व्यक्तिपिच्छे गाडी प्रयोग गरेका छौं, एउटा घर हुँदा हुनेमा सकेसम्म बढी बनाउने कोशिस गरेका छौं, स्रोत साधनमाथि सकेसम्म बढी कब्जा गरेका छौं । जसका कारण गम्भीर रुपमा हामीलाई नै घात पुगेको छ । सयौं निजी गाडी चलाउनुको सट्टा समुदायले स्वामित्व लिने गरी केही सार्वजनिक गाडीहरुको विकल्प दिन सक्नुपर्दछ । यसो गर्दा न त सडक जाम हुन्छ, न त प्रदूषण बढ्दछ । यसले पृथ्वीलाई स्वच्छ तथा हराभरा बनाउनमा मद्दत पुग्दछ । एक परिवार, एक घरको नीति लिन जरुरी छ । परिवार बढेमा घर थप्न त पाइन्छ । तर अर्को घर बनाउनु पूर्व आफ्नो तर्फबाट अर्को निम्न स्तरको समुदाय वा व्यक्तिलाई ठोस सहयोग गरेर उसको जीवन पनि सहज बनाउनलाई सहयोग गर्नुपर्ने व्यवस्था गर्नुपर्दछ ।

सबैजना अधिकार र व्यवहारमा पनि बराबर, केवल लेखाईमा मात्र नभएर जीवनमा ल्याउनलार्ई निजी सम्पतीको सट्टा सामुदायिक सम्पतीको अवधारणामा जानु पर्दछ । अपनत्व सबैलाई गराउनलाई सबै जनाको हिस्सेदारी हुन जरुरी छ । एउटा राजनीतिमा लाग्ने मानिस म दश वर्ष जेल बसेँ, हामीले यसरी क्रान्ति ग¥यौं, हामीले यसरी भोक हड्ताल ग¥यौं अनि आज मन्त्री बनेको छु भनेर गर्व गर्दछ । तर, के दशौं वर्षदेखि मजदूरी गर्ने कुनै कारखानाको मजदूर मालिक हुन नपाउने, मालिक अझ धनी हँुदै जाने मजदूर अझ गरिब हँुदै जाने, त्यही मजदूरले कमाईदिएको रकमबाट ठूल्ठूला विद्यालय तथा क्याम्पस पढ्न पाउने तर, ती मजदूरका छोराछोरी सामान्य शिक्षा पनि लिन नपाई फेरी बाबु आमाले गरेजस्तै कुनै कारखानामा गएर मजदूरी गर्नुपर्ने बाध्यता अझै पनि छ । यो ब्रम्हण्डमा सबै कुरा मिलेर बसेको छ, सबैको आ–आफ्नै गति छ, कसैले कसैलाई अवरोध गरेको छैन, सबै प्राकृतिक रुपमा आफ्नो ढंगले अघि बढेको छ, कुनै स्वार्थ लुकेको छैन, केवल मानिस मात्र त्यस्तो प्राणी भइदियो सबै स्वार्थ आफूले बोकेको छ ।

सोचौं त पृथ्वीले आफ्नो गतिमा घुम्न छाडिदियो, चन्द्रमाले आफ्नो गतिमा घुम्न छाडिदियो, सूर्यले प्रकाश दिन छाडिदियो, अँध्यारोले अँध्ययारो हुन छाडिदियो भने के हाम्रो जीवन सम्भव छ ? कदापी सम्भव छैन । त्यसकारण अब हामीले व्यक्तिगत हित वा व्यक्तिगत स्वार्थको राजनीति होइन, सामुदायिक राजनीतिक प्रणालीमा जानु पर्दछ । यसका लागि सुरुमा केही अप्ठ्याराहरु आउन सक्छन् । तर, ती सबैलाई पार गर्नुपर्दछ । केही नीतिहरुमा छलफल गर्न जरुरी छ । त्यसमा छलफल गरौंला तर, यो व्यवस्था ल्याउनलाई सबैले पहल गर्न जरुरी छ । तब मात्र मानिस–मानिस भएर बाँच्न सक्दछ ।janasamsadonline

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button