‘समाचार र विचारको
साझा चौतारी’





यस्ताे छ बिहान ६:४० सम्मकाे धरानकाे ताजा मत परिणाम, १३०३ मत अन्तरका साथ धरानमा काँग्रेसको अग्रता कायमै


सुनसरी / धरान उपमहानगरपालिकाको १५ वटा वडाको मतगणना गरिसक्दा अहिले सम्म कांग्रेसले नै अग्रता लिएको छ । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले १३०३ मतको अग्रता कायम गरेकाे छ । हालसम्म ४४,८८९ मतगणना सकिदा काङ्ग्रेसले १३०३ मतको अग्रता लिएकाे हो । हाल सम्मकाे मतगणनामा नेकपाका प्रकाश राइले २०००८ र नेपाली कांग्रेसका तिलक राइले २१३११ मत प्राप्त गरेका छन् ।

वडा नं. २०, १९, १८, १७, १६, १५, १४, १३, १२, ११, १०, ९, ८, ४ र ६ नम्बर वडाको मतगणना भइसकेको छ भने १, २, ३, ५ र ७ नम्बर वडाको मतगणना बाँकी रहेको छ ।purbelinews

प्रतिकृया दिनुहोस्