‘समाचार र विचारको
साझा चौतारी’





लोकतन्त्र र राष्ट्रिय स्वाधिनता संकटमा!


लोकनारायण सुवेदी

आज हाम्रो देश अभूतपूर्व संकटबाट गुज्रिरहेको छ । यसका पछाडि तत्कालीन र दीर्घकालीन अनेक कारणहरु छन् ।

तिनलाई राम्रोसँग नकेलाई र उचित निराकरण ननिकाली गम्भीरतम् संकटमा परेको हाम्रो राष्ट्रिय सार्वभौमिक अखण्डता र लोकतन्त्र दुबैको पुनरोद्धार हुन सक्तैन ।

यो कुरालाई देशका शासक तथा सञ्चालकरुले आत्मसात गरेर आफ्नो भ्रष्ट आचरण सुधार्ने र जनतालाई विश्वासमा लिने काम गर्न तयार नभएसम्म जनता र राष्ट्रलाई अरु जे जस्ता कुरामा आश्वस्त पार्न खोजे पनि त्यो तिर्खाएको मृगलाई मरुभूमिमा पानीको आशामा दौडाने ‘मृग मरीचिका’ जस्तो छलछाम बाहेक अरु केही हुदैन ।

अहिले भारत सरकारले नेपालको भूमिलाई जसरी जबर्जस्ती आफ्नो नक्शामा समाबेश गरेको छ र भारतकै हो भन्ने अबाञ्छित जिद्दी लिइरहेको छ त्यसलाई सुगौली सन्धि, लगायत अन्य तमाम प्रमाणिक कागजात र सीमानदीको मूल जलाधारले भारतले दाबी गरको र नक्शामा समाबेश गरेको भूमि नेपालको हो भन्ने सहजै पुष्टी र प्रमाणित गर्दछन् ।

तर ब्रिटिस साम्राज्यकालीन प्रबृत्ति र बिरासतबाट चलेको भारतीय शासक बर्गले न नेपालको लोकतान्त्रिक पद्धतिलाई मनैभित्रबाट सम्मान गर्ने गरेको न हाम्रो स्वाधीन, स्वतन्त्र र सानो देशको सार्वभौमिकतालाई नै । बरु यसलाई जबर्जस्ती च्याप्ने र हाम्रो देशको सार्बभौमिक अखण्डतामाथि नाङ्गो हस्तक्षेप गर्ने गरेको छ ।

तर भारत प्रति नेपाल सदा सर्बदा शदासयपूर्ण व्यवहार गर्दै आएको र यस्तै ब्यवहार भारतले पनि गरोस भन्ने चाहेको छ ।

यस सन्दर्भमा के उल्लेख गर्नु सान्दर्भिक हुन्छ भने लोकतन्त्रको पुरानो परिभाषा जे भए पनि त्यो आज व्यवहारमा बेग्लैरुपमा परिभाषित र अभिब्यक्त भइरहेको छ ।

जनताले, जनताका लागि जनताद्वारा शासन गरिने पद्धतिलाई हिजो लोकतन्त्र भनिन्थ्यो र यसलाई त्यसै मूल्य पद्धति अनुरुपको मानिन्थ्यो । बास्तबमा यसै स्थापनालाई मूर्त रुप दिनका निमित्त विश्वमा ठूल्ठूला युगान्तकारी परिबर्तनका आन्दोलनहरु पनि भए ।

तीमध्येका उल्लेखनीय फ्रान्सेली राज्य क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, महान् अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम अनि चिनियाँ नयाँ जनवादी क्रान्ति जस्ता बिभिन्न देशमा भएका बिशिष्ठ महत्वका महत्वपूर्ण क्रान्ति र तिनले ल्याएका परिवर्तनहरु लोकतन्त्रको त्यही पुरानो जन परिभाषालाई मूर्त रुप दिने क्रममा विकसित भएको यथार्थ तिनको अन्तर्यहरुलाई केलाउँदा हामीले भेटाउँदछौ । वास्तवमा ती सबै परिवर्तनका आन्दोलनहरु जन अधिकार र नागरिक स्वतन्त्रता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षा र शतत प्रगतिका निमित्त भएका थिए ।

जसको मर्म भनेकै राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक प्रगतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाजिक बिघ्न बाधाहरुलाई पञ्छाएर सर्बतोमुखी समुन्नतिको दिशामा समाज, राष्ट्र र विश्वलाई अग्रगति प्रदान गर्नु थियो र हो ।

आजको लोकतन्त्र जनताका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैन या त्यस्तो बन्न दिइएको छैन । यो केवल सत्ता संर्घषको एउटा निरन्तर चल्ने घटनाक्रमको रुपमा पथभ्रष्ट र बिकृत भएको या बिसंगत बनाइएको छ ।

वास्तवमा माथि उल्लिखित क्रान्तिहरुकै देन र योगदानले गर्दा आज विश्व विकासको माथिल्लो चरणमा आइपुगेको अनुभूति र अनुभव हामीले गर्न पाएका हौं । यस क्रममा भन्नै पर्दछ कि विज्ञान र प्रबिधिको विकासले त आज आकाश–पाताल सर्बत्र ढाकेको छ ।

जसले गर्दा आज सारा संसार साघुरिएर-खुम्चिएर सानो भएको छ । हत्केलाभरको एउटा सानो मोबाइलमा आज सारा संसार अटाएको छ र सूचनाको अभूतपूर्व शक्ति यसले प्रदान गरिरहेको छ ।

यद्यपि आज लोकतन्त्र हिजोको साश्वत जस्तो मानिएको माथि उल्लिखित परिभाषा र मूल्य मान्यता अनुसार चल्न बिल्कुलै छाडेको छ । यो जनताका नाममा केही टाठाबाठाहरुले सञ्चालन गर्ने शासन पद्धतिमा बद्लिएको छ । निर्वाचनहरु त्यस्तै टाठा बाठाहरुको सत्ता नबिकरण गर्ने माध्यम मात्र बन्ने गर्दै आएका छन् ।

आजको लोकतन्त्र जनताका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैन या त्यस्तो बन्न दिइएको छैन । यो केवल सत्ता संर्घषको एउटा निरन्तर चल्ने घटनाक्रमको रुपमा पथभ्रष्ट र बिकृत भएको या बिसंगत बनाइएको छ ।

फलतः लोकतन्त्रले लोककल्याणको कुरा या त बिल्कुलै छाडेको छ या यसलाई बिकृतिकरण गरेर नराम्रोसँग थला पारिएको छ । जसले गर्दा लोकतन्त्रमा पनि लोकको कुनै सोधपुछ अर्थात जनताको भलाई बिल्कुलै हुन छाडेको छ ।

मूलतः हाम्रो नेपाल लगायतका देशहरुमा लोकतान्त्रिक भनिएको परिवर्तन पछि पनि जनताले दैनिक जीनवमा भावनात्मक रुपसम्मले पनि राहत महसुश गर्न नपाउनुले यही यथार्थको पुष्टी र दिग्दर्शन गराउँदछ ।

परिवर्तनले लोकतान्त्रिक संस्कृति र संस्कारको जुन नयाँ मूल्य मान्यताहरु विकसित र स्थापित गर्दछ र गर्नु पर्दछ भन्ने पुरानो मान्यता हो, थियो, त्यो आज गुम भएको र लोकतन्त्रका बाहक सम्बाहक मानिएका दलहरुको ब्यवहारले उनीहरुको खुल्लम खुल्लारुपा ‘अक्कल गुम’ भएको प्रतीत भइरहेको छ ।

लोकतन्त्रलाई जीवन पद्धति बनाउने कुरा आज यसरी धेरै टाढाको कुरा भइसकेको या भइरहेको छ । लोकको हित बिनाको लोकतन्त्र वास्तवमा नराम्रोसँग संकटमा परेको एउटा रोगी संक्रमणकालीन लोकतन्त्र मात्र रहन गएको भनेमा कुनै अत्युक्ति हुने देखिदैन । त्यसले गर्दा हाम्रो राष्ट्र, राष्ट्रियता र सार्बभौमिक अखण्डतामाथि पनि अझ ठूलो संकट उत्पन्न भएको छ ।

यस प्रकार उत्पन्न परिणामले वास्वतमा आजकल परिवर्तनको आन्दोलन र लोकतन्त्रका बीचमा कुनै सैद्धान्तिक, राजनीतिक, समाजिक र सांस्कृृतिक तालमेल र तादाम्यता पनि रहन छाडेको देखिन्छ । ती परस्पर नमिल्ने बेग्ला बेग्लै कुरा हुन् भन्ने जस्तो किसिमले अथ्र्याउन थालिएको छ ।

परिवर्तनले लोकतान्त्रिक संस्कृति र संस्कारको जुन नयाँ मूल्य मान्यताहरु विकसित र स्थापित गर्दछ र गर्नु पर्दछ भन्ने पुरानो मान्यता हो, थियो, त्यो आज गुम भएको र लोकतन्त्रका बाहक सम्बाहक मानिएका दलहरुको ब्यवहारले उनीहरुको खुल्लम खुल्लारुपा ‘अक्कल गुम’ भएको प्रतीत भइरहेको छ ।

फलस्वरुप एउटा जीवन्त प्रणाली बनेर राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सांस्कृतिका गतिविधिहरुमा लोकतन्त्रले ल्याउने नयाँ उन्नत संस्कारको विकास र त्यसलाई पोषण तथा मलजल गर्ने सार्थक राष्ट्रिय परिवेश पटक्कै बन्न सकेको छैन ।

जसले एउटा राष्ट्रिय भावनाको विकास गरोस् र राष्ट्रियता र राष्ट्रिय सार्वभौमितालाई अझ सुदृढ तुल्याओस् । तर आज यसलाई यो महत्वपूर्ण र आधारभूत दिशाका बिपरीत साच्चै नै ‘लुटतन्त्र’को पर्याय बनाउदै लगिएको छ र बनाउन खोजिएको प्रष्टै देखिन्छ ।

त्यसै आधारमा राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई ब्यबहारमा अनुबाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्ष आजका विश्लेषकहरुले निकाल्न थालेका छन्, नेतृत्वको ब्यवहारलाई हेर्दा त्यसलाई अन्यथा भन्न सकिने स्थिति एकदमै छैन ।

तर परिवर्तनकामी शक्तिहरुमा यस्तो स्खलनको स्थिति के कसरी सिर्जना भयो भन्ने कुरा ठम्याउनुपर्ने आवश्यकता भने तिनले महसुश गरेको या त्यतातिर ध्यान दिएको पटक्कै पाइदैन ।

धेरै अघिको कुरालाई अहिलेलाई आखाँ चिम्लेर १० बर्षयताको भ्रष्टाचारको ग्राफ मात्र हेरे पनि यो एकदमै प्रष्ट हुन्छ । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तबाद पछि नब सामन्तबाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिड्यो र त्यसबाट टसकामस नगरी हिडिरहेको छ ।

बरु त्यसको विपरीत हाम्रा आजका विश्लेषकहरु पनि एक वा अर्को किसिमले यथास्थितिकै पक्षपोषक भएर देखापर्ने गरेका छन् । नयाँ सम्भावनालाई पनि यथास्थितिमै अँचेटर उनीहरुले पनि अथ्र्याउने गरेका छन् ।

लोक हित जुनसुकै स्तरमा र जहिले पनि लोकतन्त्रको न्यूनतम रुपमा अपरिहार्य र आवश्यक तत्व हो भन्ने कुरामा उनीहरु पनि चुकिरहेको देखिन्छ । वास्तवमा यो पनि लोकतन्त्र र राष्ट्रियता संकटमा परेको अर्को संकेतकै परिचायक र सूचक पनि हो ।

हुन पनि बिगतदेखिनै हाम्रो देशमा वास्तवमा लोकतन्त्रको हाम्रो अनुभव के कस्तो हुदै आएको छ भने यसले जनतालाई राष्ट्रिय भावधारामा जसरी समाहित गर्न र राष्ट्रिय क्षमता तथा आत्मबिश्वास बढाउने बाटो लिन सक्नु पर्ने थियो त्यसो गर्न पटक्कै सकेको छैन ।

बरु जनतालाई उनीहरुका केही ज्वलन्त समस्या उठाइदिएर तिनको समाधानको ‘मृग मरीचिका’ देखाइदिए पछि आफ्नो शासन सत्ताको स्वार्थ फत्ते हुने मिथ्या जगमा लोकतन्त्रकालीन शासक बर्ग पनि निरन्तर खडा हुदै आएको छ ।

त्यसले गर्दा सर्बसाधारण जनताले हिजोका शासक बर्ग र परिवर्तित राजनीतिक चरणका शासक बर्गमा कुनै फरक र खाश अन्तर देख्न, सुन्न र भोग्न पटक्कै पाएका छैनन् । बरु प्रत्यक्ष, परोक्ष तर आश्चर्यजनकरुपमा उनीहरुले पाएको कटु यथार्थ अनुभव के हो भने नयाँ शासक बर्ग पनि रातारात पुरानै शासक बर्गको चरित्र ग्रहण गर्न सफल भयो र बिलाश र बैभबको गलत र बिकृत बाटोमा छलाङ्ग मारेर अघि बढ्यो ।

धेरै अघिको कुरालाई अहिलेलाई आखाँ चिम्लेर १० बर्षयताको भ्रष्टाचारको ग्राफ मात्र हेरे पनि यो एकदमै प्रष्ट हुन्छ । राजनीतिक भाषामा भन्ने हो भने जनताले सामन्तबाद पछि नब सामन्तबाद खोजेको अर्थ लाग्ने किसिमले हाम्रो राजनीतिक नेतृत्व हिड्यो र त्यसबाट टसकामस नगरी हिडिरहेको छ ।

तीब्र सत्ता लोलुपता, कुर्सीको छिनझपटी, देशको अर्थ–राजनीतिले कतै समर्थन र आधार प्रदान नगर्ने आश्चर्यजनक बिलाशी जीवन शैली, जनतालाई नगन्ने ठालु चिन्तन यी सबै कुराले प्रष्ट संकेत गरेको छ कि हाम्रो राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुने त्याग, निष्ठा र नैतिकताको आचरणबाट बिल्कुलै बिमुख भएको छ ।

यसबाट मुक्त भएर लोकतान्त्रिक मूल्य पद्धति र आचरणका आधारमा चल्ने कुनै चिन्ता र चासो उनीहरुमा पटक्कै देखा परेन र पर्ने सानो लक्षण या संकेत समेत कतै टाढासम्म पनि देखिएको छैन ।

अनि निर्वाचनलाई पनि एउटा यान्त्रिक र कर्मकाण्डीय महँगो साधनका रुपमा मात्र प्रयुक्त गरेको घटनाक्रमले प्रष्ट पारेको छ । पुष्टी गरिरहेको छ ।

वस्तुतः यी सबै गतिबिधि र बिकृत संस्कार र संस्कृतिका पछाडि पिछडिएको सामाजिक परिवेशलाई बदल्ने प्रष्ट, गहिरो र गम्भीर दूरदृष्टिकोण नहुनु मूख्य कुरा हो भने त्यसमाथि बाहिरबाट भूमण्डलीकरणका नाममा लादिएको तीब्र उपभोक्तावादी संस्कृति समेतले यो नब सामन्ती संस्कृतिलाई ठूलो बल प्रदान गर्ने काम गरेको छ ।

तीब्र सत्ता लोलुपता, कुर्सीको छिनझपटी, देशको अर्थ–राजनीतिले कतै समर्थन र आधार प्रदान नगर्ने आश्चर्यजनक बिलाशी जीवन शैली, जनतालाई नगन्ने ठालु चिन्तन यी सबै कुराले प्रष्ट संकेत गरेको छ कि हाम्रो राजनीतिक नेतृत्व देश र जनताप्रति समर्पित हुने त्याग, निष्ठा र नैतिकताको आचरणबाट बिल्कुलै बिमुख भएको छ ।

यो लोकतान्त्रिक संस्कृति र संस्कारविरुद्ध छ । यस गलत परिपाटीको समन नगरिएसम्म परिवर्तनको प्रवाहले सही बाटो समात्न र अघि बढ्न फेरि पनि सक्तैन । यो पटक पटक अनुभवसिद्ध र बस्तुगत सत्य कुरा हो ।

हाम्रो देशको भू–धरातलीय रणनैतिक अबस्थिति, यहाँको जैबिक बिबिधता, उत्तरतर्फका उत्तंग हिमालका कारणले अजश्र जलश्रोत, दुर्लभ जडीबुटी, उर्बर जमिन, रमणीय र दर्शनीय पर्यटकीय स्थलहरु सबैले जुन बिकासको अत्यत्तै ठूलो सम्भावना प्रष्टसँग दर्शाउदछन्, यो कुरा विश्वका बिकसित देशहरुलाई धेरै राम्रोसँग अवगत छ ।

यस प्रकार विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कारणले गर्दा लोकतन्त्र र राष्ट्रियता आज सर्बत्र संकटमा छन् र नेपाल लगायत बिश्वका नब लोकतन्त्र स्थापित देशहरु पनि यस्तै प्रकृतिका गम्भीर समस्याका बीचबाट गुज्रिरहेका छन् ।

खाशगरी पछिल्ला मध्यपूर्ब एशिया र कतिपय अफ्रिकी देशका राजनीतिक परिवर्तन पछिका अबस्थालाई हामीले हेर्‍यौं र केलायौ भने यो कुरा एकदमै प्रष्ट हुन्छ ।

हाम्रो देशको भू–धरातलीय रणनैतिक अबस्थिति, यहाँको जैबिक बिबिधता, उत्तरतर्फका उत्तंग हिमालका कारणले अजश्र जलश्रोत, दुर्लभ जडीबुटी, उर्बर जमिन, रमणीय र दर्शनीय पर्यटकीय स्थलहरु सबैले जुन बिकासको अत्यत्तै ठूलो सम्भावना प्रष्टसँग दर्शाउदछन्, यो कुरा विश्वका बिकसित देशहरुलाई धेरै राम्रोसँग अवगत छ ।

त्यसै कारणले गर्दा नै उनीहरुले नेपालको राजनीतिमा गिद्दे आँखा लगाउने र अबाञ्छित हस्तक्षेप गर्ने गर्दै आएका छन् । यसलाई चिर्न र नेपाली राजनीतिलाई आफ्नै धरातलमा खडा गर्ने दृढ राजनीतिक इच्छा शक्ति, संकल्प र साहसको पुनर्निर्माण नगरिएसम्म देशको लोकतन्त्र र राष्ट्रियता जुन संकट कालमा परेका छन् त्यसबाट देशलाई मुक्त गर्न सकिनै छैन र लोक कल्याण पनि पटक्कै हुने छैन ।

यो कुरा जनतलाई गम्भीर किसिमले अबगत गराउनु आजको पहिलो महत्वपूर्ण आवश्यकता बनेको छ – नेपालको सर्वाभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता र सच्चा जन गणतन्त्रका निम्ति !khabarhub.com/from

 

प्रतिकृया दिनुहोस्