‘समाचार र विचारको
साझा चौतारी’




औँशी हाँसेको रात !


जी एन शर्मा

आज अचानक औँशी हाँस्यो
यति मज्जाले हाँस्यो कि , नसुहाउँने गरि हाँस्यो
उसको हाँसोमा मुस्कान थिएन, न त कोमलता र माधुुर्यतानै थियो
हाँस्नै नसक्ने औँशी एकाएक हाँस्यो तर औँशी हाँसेको हो कि रोएको हो तर उ हाँसेको थियो
शायद उसले आज केही पाएको छ, नपाउने केही त पायो अनि त औँशी हाँस्यो
हाँस्नै न मिल्ने औँशी हाँसेर कसैलाई त पक्कै पनि रुवायो तर जे होस औँशी हाँसेको हो
उसको परिचयनै कालो र धब्बा हो तर कैफियत के प¥यो औँशी एकाएक हाँस्यो
गजधुम्म र मस्त बन्नु उसको स्वभाव हो थाहा छैन अचानक आज किन औँशी हाँस्यो
कोही पक्कै रोयो अनि मात्र उ हाँस्यो
अरुलाई रुवाएर मात्र आफु हाँस्नु उसको चरित्र हो
त्यसैले कसैलाई पक्कै रुवाएर आज अचानक औशी हाँस्यो !

प्रतिकृया दिनुहोस्