Sunday, January 19

‘समाचार र विचारको
साझा चौतारी’





डेनियलको ‘नो टाइम टू डाई’ ट्रेलर रिलिज (भिडियो)


एजेन्सी, अमेरिका,

जेम्स बोन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टू डाई’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शकमाझ यो फिल्मको लामो समयदेखि निकै प्रतिक्षा भैरहेको छ । ट्रेलरमा जेम्स बोन्ड अर्थात् डेनियल क्रेग आफ्नो चिर-परिचित अन्दाजमा एक्सन गर्दै देखिएका छन् । एकपटक फेरि बोन्ड घरमाथि बाइक कुदाउँदै देखिएका छन् । ट्रेलरमा एक्सनको जबरजस्त डोज छ ।

यो ट्रेलर आधिकारिक जेम्स बोन्ड ट्विटर एकाउन्टमा पोस्ट गरिएको छ र लेखिएको छ- ‘बोन्ड इज ब्याक’ । जबरदस्त लोकेशन र थ्रिलिङ एक्सन सिक्वेन्स रहेको ट्रेलर हेरेपछि फिल्मले सबै रेकर्ड तोड्ने अनुमान गर्न थालिएको छ । २०१५ मा ‘स्पेक्टर द ००७’ को छायांकनको बेला अभिनेता डेनियलले अब आफू बोन्ड सिरिजमा नदेखिने घोषणा गरेका थिए ।

तर, दर्शकको चर्को दबाबपछि उनले आफ्नो निर्णय फिर्ता लिए । ‘नो टाइम टू डाई’ भने उनको अन्तिम फिल्म हो । यो फिल्मपछि लशाना लिन्चले डेनियललाई रिप्लेस गर्नेछिन् र ब्रिटिश जासूसको भूमिका निभाउनेछिन् । लशाना पहिलो महिला हुन्, जो जेम्स बोन्डको भूमिकामा देखिनेछिन् । यसअघि पुरुष एक्टर मात्र ‘एजेन्ट ००७’ बनेका थिए ।

अर्को वर्षको अप्रिलमा रिलिज हुने ‘नो टाइम टू डाई’ यो फ्रेन्चाइजीको २५औं फिल्म हो । क्यारी फुकुनागा फिल्मका निर्देशक हुन् । फिल्ममा ओस्कर अवार्ड विजेता रामी मालेकले भिलेनको भूमिकामा छन् । भने, अना दे अर्मस र ल्याशना लिन्चको पनि प्रमुख भूमिका छ । डेनियलले सन् २००६ मा ‘क्यासिनो रायल’ बाट जेम्स बोन्डमा इन्ट्री लिएका थिए ।flimykhabar

 

 

 

प्रतिकृया दिनुहोस्