Sunday, January 19

‘समाचार र विचारको
साझा चौतारी’





अनि कामको हुन्छ त लाल झण्डा ?


जी एन शर्मा
विचारमा बहकिएर , सिद्धान्तमा चिप्लीए पछि
आस्था सबै पहाडहरुमा धमिराले धुस्नो पारे पछि
अझै पनि उ लालझण्डाको काम खोजी गर्दैछ
बिचरा उसलाई के थाहा मस्त महलमा
अहिले साम्यवाद र समाजवादको नाराको बिज्ञापन केहो भनेर
ती मान्छेहरु एकादेशका कथाका पात्र जस्ता भए भन्ने उसलाई पत्तै छैन
मान्छेसँगै लाल लाझण्डा पनि फिक्कामा रुपान्तरण भएको थाहानै छैन
बोल्ने र गर्नेको हेमानको पहाड उसले चिन्ने सकेको छैन
फेरि पनि सपना जस्तो उ कामको लाल झण्डा खोजीरहेको छ
केही कामको होला की भनेर
शैली, आचरण र नैतिकता चलचित्रका संवाद जस्ता भएका
चतुरता, उपभोगको सागरमा ती मान्छे फसिसकेको उसलाई छनकनै छैन
उ फेरि हिजोको जस्तै कामको लाल झण्डाको खोजी गर्दैछ
मान्छे र झण्डाले , झण्डा र मान्छेले रङ्ग र रुपमा छलाङ्ग मारेको पत्तै छैन उसलाई
केही होलाकी भनेर उ फेरि झण्डा खोजीरहेको छ
उसलाई थाहा छैन कि त्यो आकर्षक बिज्ञापनको सामाग्री हो भनेर
किनकी उ त अझै पनि त्यसैमा भर परेको छ
मुल्य र मान्यताको चरम खिल्ली उडाएर
मान्छेहरुले मन बदलेको उसलाई अझै पत्तै छैन
फेरि पनि उ बिचरा
कामको हुन्छ की भनेर बिपनाको सपना भित्र
त्यही लाल झण्डाको खोजीमा भौँतारीएको छ

प्रतिकृया दिनुहोस्