‘समाचार र विचारको
साझा चौतारी’




सिटी र चेल्सीको हार


एजेन्सी – उपाधिका दावेदार म्यानचेस्टर सिटी र लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । सिटी म्यानचेस्टर युनाइटेडसँग तथा चेल्सी एभर्टनसँग पराजित भएको हो ।

सिटी घरेलु मैदानमै म्यानचेस्टर डर्वी भिडन्तमा २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा मार्कुस रोसफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । घरेलु टोलीका निकोलस ओटामेन्डीले एक गोल फर्काए ।

युनाइटेडले खलेको ७ मिनेट भित्र नै २–० को अग्रता बनाएको थियो । २३औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गरे । २९औं मिनेटमा मार्सियालले गोल गर्दै अग्रता दोब्बर पारे । खेलमा २–० ले पछि परेपछि सिटीले युनाइटेडलाई लगातार दवावमा राखेपनि गोल गर्न अन्तिम समय कुर्नुपरेको थियो ।

८५औं मिनेटमा ओटामेन्डीले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटीमाथि युनाइटेड २–१ ले विजयी हुन सफल भयो ।

प्रिमियर लिगमा सिटीको यो चौथो हार हो । हारसँगै सिटीको उपाधि यात्रा झिनो बन्दै गएको छ । सिटी ३२ अंक जोडेर तेस्रो स्थानमा यथावत छ। सिटी शीर्षस्थानको लिभरपुल भन्दा १४ तथा दोस्रो स्थानको लेस्टर सिटीभन्दा ३ अंकले पछि छ । यद्दपि लेस्टरले एक खेल कम खेलेको छ । सिटीमाथिको जितसँगै युनाइटेड २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

यस्तै शनिबार राति नै भएको खेलमा लन्डन क्लब चेल्सी एभर्टनसँग ३–१ ले पराजित भएको छ । एभर्टनका डोनिक कालभर्ट लेविनले दुई तथा रिचार्लीसनले एक गोल गरे । चेल्सीका माटियो कोभासिसले एक गोल फर्काए ।

हारपछि चेल्सी २९ अंक जोडेर चौथो स्थानमा यथावत रहँदा एभर्टन १७ अंक जोडेर १४औं स्थानमा उक्लिएको छ । अर्काे खेलमा वाटफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।hamrokhelkud

प्रतिकृया दिनुहोस्