‘समाचार र विचारको
साझा चौतारी’




कार्तिक आर्यनले तोडे आफ्नै रेकर्ड


एजेन्सी, मुम्बई,

चकलेटी हिरो कार्तिक आर्यनको नयाँ फिल्म ‘पति पत्नी और वो’ ले बक्सअफिसमा सुखद सुरुवात गरेको छ । फिल्मले पहिलो दिन ९ करोड १० लाखको व्यापार गरेको छ । पर्दामा अभिनेता द्वय अर्जुन कपूर र सञ्जय दत्त स्टारर फिल्म ‘पानीपत’ सँग भिडन्तको बावजूद पनि फिल्मले सानदार कमाएको छ । साथै, यो फिल्म कार्तिकको करिअरको सबैभन्दा ठूलो ओपनर बनेको छ ।

‘पति पत्नी और वो’ भन्दा अगाडि यो रेकर्ड ‘लुका छुपी’ को नाम थियो । यो फिल्मले प्रदर्शनको पहिलो दिन ८ करोड १ लाख छापेको थियो । कार्तिकले आफ्नो करिअरको सुरुवात फिल्म ‘प्यार का पञ्चनामा’ बाट गरेका थिए । यो फिल्मले पहिलो दिन ९२ लाख कमाएको थियो । फिल्मलाई निकै रुचाइएको थियो । भने, कार्तिकको अभिनयको पनि सबैले प्रशंसा गरेका थिए ।

गएको वर्ष उनको फिल्म ‘सोनू के टीटू की स्वीटी’ ले पहिलो दिन ६ करोड ८० लाख कमाएको थियो । भने, २०१५ मा आएको ‘प्यार का पञ्चनामा २’ ले ६ करोड ८० लाख छापेको थियो । त्यस्तै, अभिनेत्री कृति सेननसँग २०१९ मा आएको फिल्म ‘लुका छुपी’ ले पहिलो दिन ८ करोड १ लाखको व्यापार गरेको थियो । कार्तिकको लगभग सबै फिल्म दर्शकले निकै रुचाएका छन् ।

फिल्म ‘पति पत्नी और वो’ उनका लागि निकै महत्त्वपूर्ण छ । पहिलो दिनको कमाई हेर्दा यो फिल्मले कार्तिकलाई फेरि नयाँ उचाइ दिलाउने देखिन्छ । फिल्ममा उनी चिन्टू त्यागीको भूमिकामा छन् । अभिनेत्री द्वय भूमि पेडनेकरले पत्नी र अनन्या पाण्डे प्रेमिकाको भूमिका निभाएका छन् । फिल्मका निर्देशक मुदस्सर अजीज हुन् । दर्शक र समीक्षक दुबैलाई यो फिल्म मन परेको छ ।flimykhabar

प्रतिकृया दिनुहोस्